नेपालसँग माल्दिभ्स स्त’ब्ध, फाइनलको सम्भावना

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलिकुद अन्तर्गत नेपालको पुरुष क्रिकेट टोलीसँग माल्दिभ्स स्त’ब्ध भएको छ । कीर्तिपुर मैदानमा शुक्रबार सम्पन्न भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनको ठूलो अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको हो ।

साग अन्तर्गत नेपालले आफ्नो खेलमा श्रीलंका यु-२३ संँग ६ विकेटले परा’जित भएको नेपालले दोश्रो खेलमा भुटानलाई १४१ रनले पराजित गरेको थियो। नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको हो।

माल्दिभ्सको लागि मोहमद आजमले सर्वाधिक १७, मोहमद रिश्वानले १३, इब्राहिम हसनले १२ तथा अलि इभानले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा देब्रे हाते स्पिनरद्वय सुशन भारी र ललित राजबंशीले समान २/२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो। टस जितेर ब्याटिंग गर्ने क्रममा नेपालले सुरुवात देखि लगातार विकेट गु’माएको थियो । पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७, रोहित पौडेलले १०, पवन सर्राफले ० , बिनोद भण्डारीले १९ रन बनाए। चौथो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्रसिंह ऐरीले ३९ रन बनाए।

दिपेन्द्रको विकेट जाँदा १८.१ ओभरमा १३०/७ रहेको नेपालको योगफललाई करन केसीले विस्फोटक ब्याटिंग गर्दै १५० पार गराए। करनले मात्र १६ बलमा ४ छक्का र २ चौका प्र’हार गरी अविजित ४० रन बनाए।

करनले इनिंगको अन्तिम ओभरमा इब्राहिम हसनलाई २ छक्का र २ चौका प्रहार गरे। उक्त ओभरमा नेपालले २४ रन पाएको थियो । माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) तथा अमिल मौरुफले २ विकेट लिए।

भोलि हुने चौथो खेल बंगलादेशसंँग

नेपालले भोलि हुने आफ्नो चौथो खेल बंगलादेश यु-२३ टिमसंँग खेल्नेछ। खेल शनिवार नेपाली समय ९ बजे विहान टियु मैदानमा हुनेछ । बंगलादेशले नेपालसंँग खेलेपछि आइतबार श्रीलंकासंँग लिग चरणको अन्तिम खेलमा खेल्नेछ। यदी नेपालले बंगलादेश यु-२३ लाई पराजित गर्न सकेमा नेपालको स्वर्ण पदकको लागि फाइनल खेल्ने सम्भावना रहनेछ ।

बंगलादेशसंग परा’जित भएको खण्डमा भने नेपालको फाइनल पुग्ने सम्भावना स’माप्त हुनेछ। श्रीलंकाले हालसम्म ३ ओटै खेल जितेकोले फाइनल खेल्ने पक्का जस्तो रहेको छ।

सम्बन्धित खवर

Back to top button