एकाबिहानै दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर २१ गते शनिबारको राशिफल । इ.स. २०१९ डिसेम्बर ७, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष । एकादशी, ३१:३२ उप्रान्त द्वादशी ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) ख’र्च बढ्नुका साथै अर्थअभाव ख’ट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा अस’मझदारी बढ्ने देखिएकाले हो’सियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घ’ट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अ’वसर पनि जुट्न सक्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परि’स्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋ’णमोचन हुनेछ। परि’स्थितिवश काममा बा’धा पुग्नेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अव’सरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौ’का छ। कामको सन्दर्भमा वि’शिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा वि’शेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जु’ट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जि’म्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। ता’रिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) स्वास्थ्य क’मजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। शुभचिन्तकहरू टाढिनेछान् भने काम बि’ग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका स’मस्या दोहोरिनेछन् र घरेलु कामले अल्झा’उन सक्छ। आ’लोचकहरू बढ्नेछन् भने लेनदेनमा विवा’द हुन सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मानसम्मान प्राप्त भए पनि आतिथ्य ख’र्चालु बन्नेछ। लो’काचारका लागि भोगविलासका वस्तु जुटा’उनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा क’मी आउनेछ। यात्राको प्रक्रियाले ख’र्च बढाउन सक्छ। तापनि मिहिनेतले सफलता दिलाउनेछ। प्रेम र मित्रताको ब’न्धन क’सिनेछ। गृहस्थीले मनमा आनन्द दिलाउनेछ। परिवारजनको साथले आशा जगाउनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) रो’किएका काम बन्नाले उत्साह जाग्नेछ। संघ’र्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रति’स्पर्धाको दौड जिताउन सक्छ। भौतिक सा’धन जु’ट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रति’स्पर्धीहरू किनारा लाग्नेछन् भने मु’द्दामा पनि विजय सम्भावना छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सामाजिक उत्तरदायित्व व’हन गर्दै दिगो फाइदा हुने काम हात पार्ने मौ’का छ। गुरुजनको सु’झाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मान्यजनसँग अस’मझदारी बढ्नेछ भने ह’ठ गर्ने बानीले स’मस्या नि’म्त्याउन सक्छ। आफ्नो स्वामित्वका वस्तुमा वि’वाद आउन सक्छ। बे’सुरमा वचन दिने बानीले स’मस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना गो’प्य राख्नुहोला। आफन्तबीच आत्मीयतामा क’मी आउला। पारिवारिक योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रो’किएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा वि’शेष फाइदा हुनेछ। प्रतिद्व’न्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चु’नौती प’न्छाएर नयाँ काममा जग बसाउने मौ’का छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रशंस’कहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जु’टाउनेछन्। विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बि’छोडिएका परिवारजनसँग भेटघा’ट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।








