बंगलादेशविरुद्ध जीत निकाल्दै नेपाल फाइनल प्र’वेश


काठमाडौं : जा’री १३ औं साग पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध जीत निकालेको छ । फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले बंगलादेशलाई १-० ले पराजित भएको हो । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको आकर्षक गोल नै जीतको लागि काफी बन्यो ।
दोस्रो हाफमा भएको खेलमा बंगलादेशका खेलाडीले नेपाली खेलाडीलाई घा’इते बनाउने र’णनीति बनाएको पाइन्छ । कप्तान सुजल श्रेष्ठ समेत घा’इते भएपछि मैदान बाहिर निकालिएका थिए ।



खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु भएको हो । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हराएको थियो । शनिबारको खेलमा माल्दिभ्सका इब्राहिम हुसेनले १८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि नेपालका लागि अभिषेक रिजालले ४३औं
मिनेटमा बराबरी गोल फर्काए। ५२औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई जिताएका थिए। अनन्तले सुनिल बलको कर्नर पासमा गोल गरेका थिए। त्यसपछि र’क्षात्मक खेल खेलेको नेपाल रणनीतिमा सफल भएको थियो।
शनिबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई ३–० गोलले हराएउँदै फाइनल प्रवेश गरिसकेको छ । भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो। भुटानले चार खेलबाट नौ अंक बनाएको छ।

दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ। तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका बाहिरिएका छन्।राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन्। लिग चरणमा तेस्रो हुने टोलीलाई सोझै कांस्य पदक प्रदान गरिनेछ।








