मेस्सीको किर्तिमानी ह्याट्रिक

एजेन्सी : लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हराएको छ ।

सप्ताहन्त मात्र कीर्तिमान छैटौं बोलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् । लिग तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुबै १५ खेलबाट समान ३४ अंकमा छन् ।रियलले यसअघि इस्पनयोललाई २–० ले हराएको थियो ।

यी दुई स्टार खेलाडी अनुबन्ध गर्न चाहन्छन् प्रशिक्षक जिदान
रियल मड्रिड केही स्टार खेलाडी अनुबन्ध गर्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रि’पोर्टका अनुसार रियल दुई खेलाडी अनुबन्ध गर्न अग्र’सर छ। आउने जनवरीमा रियलले म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वा र पिइएसजीका स्टार खेलाडी काइलियन एमबाप्पलेलाई अनुबन्ध चाहन्छ । प्रशिक्षक जिनेदिन जिदानले यसबारे पनि बेलाबेलामा संकेत गरिराखेका छन् ।

म्यानचेस्टर युनाइटेडमा सबैभन्दा च’र्चामा र वि’वादमा रहेका खेलाडी हुन् पोग्वा । मोरिन्होको कार्यकाल छदाँ उनी क्लब छो’ड्ने पक्कापक्की नै गरिसकेका थिए । तर, मोरिन्हो बर्खा’स्त परेपछि उनी व्याक टु व्याक फर्ममा देखिएका थिए । पछिल्लो समय पुनः एकपटक उनी विश्वकै उत्कृष्ट खेलाडी भएको छाप छोड्न सफल पनि भए तर, घा’इते उनी लामो समयदेखि मैदान बाहिर रहेका छन् । प्रशि’क्षक जिदानले उनलाई क्लबमा अनुबन्ध गर्न चाहेको मिडिया रि’पोर्टमा उल्लेख छ ।

उनले एक कार्यक्रममा भनेका थिए,‘मलाई पोग्वा मनपर्छ । उसँग मैले व्यक्तिगत रुपमा पनि धेरै कुरा गरेको छु ।’ पछिल्लो समय उनी पनि जिदानको प्रमुख रोजाइको खेलाडी भएको बताइएको छ ।

उता रियलले एमबाप्पेलाई अनुबन्ध गर्दा क्लबलाई फाइदा हुने वि’श्लेषण चलेको छ । मिडिया रिपोर्टका अनुसार एमबाप्पे जिदानको पहिलो रोजाइका खेलाडी हुन् । उनलाई अनुब’न्ध गर्न रियलले ठूलै रकम तिर्नुपर्ने बताइएको छ । तर, पिएसजीले उनलाई नबेच्ने प्रतिक्रिया दिदैँ आइरहेको छ ।

सम्बन्धित खवर

Back to top button