ट्रकले कि’चेपछि प्रकृतिले गुमाइन खुट्टा


बाँके : विद्यालय जाँदै गर्दा ट्रकले कि’चेर दुईओटै खुट्टा पिसिएपछी ग’म्भीर घा’इते बनेकी प्रकृति चन्दले एउटा खुट्टा गु’माएकी छन् । उनको दाहिने खुट्टा का’टिएको छ भने देव्रे खुट्टामा पनि ग’म्भीर चो’ट लागेको छ । ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत १२ वर्षीया चन्दले खुट्टा गुमा’उन पुगेकी हुन् ।
दुर्घटनामा परि घाइते चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनी ख’तरामुक्त रहेको शिक्षण अस्पताल, कोहलपुरले जनाएको छ।

उनलाई नेपाली से’नाको हेलिकोप्टरद्वारा थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा लगेको हो । नेपालगन्ज मेडिकल कलेज शि’क्षण अस्पताल, कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दिउँसो करिब सवा तीन बजे से’नाको हेलिकोप्टरबाट काठमाडौं लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।



आ’न्दोलनमा प्रहरी र आ’न्दोलनकारी गरी ३० बढी घा’इते भएका छन्। प्रहरीले प्र’हार गरेको गो’ली लागेर २६ जना बढी आ’न्दोलनकारी घा’इते भएका छन्। जाजरकोट छेडागाडका नारायण खत्रीको अण्डकोषमा रबरको गो’ली लागेको छ । महेश आचार्य, श्रीकान्त शर्मा र सृजन चन्दको ति’घ्रामा रबरको गो’ली लागेको छ।

त्यसैगरी, दिपेन्द्र शाही, जनक ठकुरी, चित्रबहादुर रिजाल, लिला बडुवाल, ललित बस्नेत, पूजा केसी र लक्ष्मी बुढालाई पनि चो’ट लागेको छ। घाइतेमध्ये नारायण खत्री, सृजन चन्द र श्रीकान्त शर्मा ग’म्भीर घा’इते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
विद्यार्थीले प्र’हार गरेको इँट्टा र ढुंगा लागेर इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीसहित एक दर्जन प्रहरी घा’इते भएका छन्।
आ’क्रोसित भी’ड निय’न्त्रणमा आउने सम्भावना नदेखिएपछि प्रहरीले निषे’धाज्ञाको नाटक गरेको छ। वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको नेतृत्वमा कोहलपुर पुगेको प्रहरी टोलीले दिउँसो तीन बजेदेखि अनिश्चितकालका लागि क’र्फ्यू जा’री भएको माइकिङमार्फत जानकारी गराएका थिए ।

प्रहरी भ्यानमा माइक राखेर उनले अव’स्था सामान्य हुने अवस्था नेखिएपछि दिउँसो तीन बजेदेखि लागू हुने गरि क’र्फ्यू जारी भएको माइकिङ गरेका थिए। पूर्वमा रोहिणी खोला, पश्चिमा किरण नाला, दक्षिणमा पिपरी चोक र उत्तरमा नौबस्ता चोकसम्मको क्षेत्रमा क’र्फ्यू जा’री भएको प्रहरी निरीक्षक बस्नेतले घोष’णा गरेका थिए।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले पनि दिउँसो तीन बजेदेखि क’र्फ्यू लगाइएको संचार माध्यमलाई जानकारी गराएका थिए।








