साग पुरुष क्रीकेट : बंगलादेशलाई स्वर्ण

काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गतको पुरुष क्रीकेटतिर उपाधी बंगलादेशले उचालेको छ । आज सम्पन्न भएको श्रीलंकाविरुद्ध बंगलादेशको खेलमा जीत निकाल्दै बंगलादेशले उक्त स्वर्ण पदक जितेको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले सबै विकेट गुमाउँदै १२२ मात्रै जोड्न सक्यो । २० ओभरको खेलमा जम्मा १२३ रनको लक्ष्य पछ्याएको बंगला देशले ७ विकेटले जीत निलालेको हो ।

यो जीतसँगै बंगलादेशले पुरुष तथा महिला दुबै तर्फको स्वर्ण पदक जीतेको छ । यसअघि पोखरामा सम्पन्न महिला क्रीकेट टीमले पनि स्वर्ण पदक उचालीसकेका छन् ।

बंगलादेशसँग अन्तिम खेल हारेको श्रीलंकाले रजत पदकमा चित्त बुझाएको छ । यस अघिका सम्पूर्ण खेल जित्दै फाइनल प्रवेश गरेता पनि अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेको छ ।

यता नेपालले पनि आजै माल्दिभ्सलाई हराउँदै कास्य पदक जितेको छ ।

सम्बन्धित खवर

Back to top button