मिनु गुरुङले दिलाइन नेपाललाई स्वर्ण

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । उनले सोमबार सातदोबाटोस्थित कराते हलमा ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेकी हुन् ।

यो बक्सिङमा ऐतिहासिक जीत समेत रहेको छ ।

यससँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४६ पुगेको छ । नेपाल ४६ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । भारत १३४ स्वर्णसहित पहिलो स्थानमा छ ।

सम्बन्धित खवर

Back to top button