एकाबिहानै पशुपतिनाथको दर्शन गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर २४ गते मंगलबारको राशिफल । इ.स. २०१९ डिसेम्बर १०, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष । त्रयोदशी, १०:१६ उप्रान्त चतुर्दशी ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा विभिन्न अव’सर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। तर, मध्याह्नपछि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्र’भाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अव’सर प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको क’रकापमा परेर काम गर्नुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्या’ग्नुपरे पनि कर्जामार्फत धन जु’ट्नेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघा’टले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जु’टाउन र आवश्यकता पूरा गर्न स’रसापट लिनुपर्ने हुन सक्छ। विदेश ता’क्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेश घुम्ने अव’सर जु’ट्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) परि’स्थितिको चक्रमा अल’मलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चु’नौतीपूर्ण कामको जि’म्मेवारी वहन गर्नुपर्ला। तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौ’का छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) सामाजिक जिम्मे’वारी प्राप्त हुनुका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रो’किएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। व्य’वधान ह’ट्नेछन् र आँटले काम पूरा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) प्रतीक्षित नतिजा कम’जोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा क’मजोरी तथा आ’लस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सु’धार आउनाले नयाँ काम गर्ने अ’वसर जु’ट्नेछ। विशेष भेटघा’टले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मे’वारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको ब’न्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अ’वसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना स’मस्यामै अल्झनुपर्ने देखिन्छ। क’मजोरीले चिन्ता बढाउनेछ भने परि’स्थितिवश चिताएको काम रोकि’न सक्छ। अरूले आफ्ना कम’जोरीको फाइदा उठाउन सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्रोतसाधन जु’ट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रति’स्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वा’दविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। आतिथ्य ख’र्चिलो बन्ने देखिन्छ। व्यापारमा भने फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अव’सर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौ’ता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि प्रति’स्पर्धा बढ्नेछ भने प्रतीक्षा गरिएको नतिजा क’मजोर रहनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा बा’धा पुर्याउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn शुभचिन्तकहरूको सु’झाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अ’प्ठ्यारा प’रिस्थिति सुल्झा’उन जु’ट्नुपर्ला। मध्याह्नपछि स्थि’तिमा सु’धार आउनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएरै प्रति’स्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अव’सरले पछ्याए पनि चु’नौतीहरूसँग जु’ध्नुपर्नेछ। प्रगतिमा ई’र्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक स’मस्याले याेजना रो’किन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। मध्याह्नपछि तापनि चु’नौती प’न्छाएर काम बनाउन सकिनेछ। प्रति’स्पर्धामा उ’त्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। वि’वादास्पद कामको जि’म्मेवारी समेत सजिलै वहन गर्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) बोलीको प्र’भाव बढ्नाले वि’शेष अव’सर प्राप्त हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। मध्याह्नपछि सहयोगीहरूको साथ जु’ट्नाले रो’किएका काम बन्नेछन्। प्रति’स्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मिहिनेतले सफलता पनि दिलाउनेछ।

सम्बन्धित खवर

Back to top button