सुनिल बलले दिलाए अर्को गोल

काठमाडौं : १३ औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गतको अन्तिम भुटानविरुद्धको खेलमा नेपालका खेलाडी सुनिल बलले दोस्रो हाफमा गोल गर्दै नेपालका लागि दोस्रो गोल दिलाएका छन् ।

नेपाल लागि पहिलो गोल अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । भुटानले ३६ औं मिनेटमा एक गोल फर्काएर बराबरी गरेको थियो ।

नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बा’हिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छि’राएका हुन्।

आज स्वर्ण पदकका लागि नेपाल र भुटान बीच दशरथ रंगशालामा खेल भैरहेको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले दर्शकहरुको निकै राम्रो हुटिङको साथ पाइरहेको छ ।

सम्बन्धित खवर

Back to top button