आन्तरिक वि’वाद मिलाउन कांग्रेस नेता प्रकाशमान सिंह निवासमा वा’र्ता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक वि’वाद मिलाउन नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसेको छ। दिउँसो ४:३० बजेबाट सुरु भएको बैठकमा सभापति शेर बहादुर देउवा पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंहले छल’फलको नेतृत्वमा बैठक बसेकाे हाे ।

छल’फलमा दुवै पक्षका केही नेता सहभागि रहेकको कांग्रेसले जनाएको छ। पार्टीमा छल’फलबिनै विभाग गठन प्रस्ताव गरेको भन्दै पौडेल पक्षले यसअघि बिहीबार बसेको केन्द्रीय पदाधिकारीको बैठक बहि’स्कार गरेको थियो। पौडेल पक्षले आगामी महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्न सभापतिलाई आ’ग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारलाई बोलाइएको छ।

पौडेल पक्ष महाधिवेशनको तालिका नल्याए आइतबारको बैठक पनि बहि’स्कार गर्ने बताउँदै आएको छ। यसअघि बिहीबारको बैठक वरिष्ठ नेता कृष्णप्रसाद सिटौला पक्षले पनि बहि’स्कार गरेको थियो। बिहीबारको बैठक बहि’स्कार गरेका पौडेललाई फकाउन सभापति देउवा शनिबार बिहान पौडेल निवास बोहराटार पुगेका थिए।

पौडेलले आफ्नै निवासामा आएका सभापति देउवालाई पुरानै अडान दोहोर्‍याएपछि छल’फल बिनानि’स्कर्ष टुंगिएको थियो। देउवासँगै पौडेल निवास पुगेका उपसभापति तथा देउवा पक्षका नेता विमलेन्द्र निधिकै प्रस्तावमा अहिले प्रकाशमान सिंहको निवासमा छ’लफल चलिरहेको हो।

सम्बन्धित खवर

Back to top button