धनुषा वि’स्फोटमा विप्लव समूहको सं’लग्नता


नारायण ढुङ्गाना/रासस
काठमाडौं : तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको ब’म वि’स्फोटमा नेत्रविक्रम चन्द समूहको सं’लग्नता देखिएको प्रहरीले जनाएको छ। चन्दा मा’ग्दा नदिएकाले घरमा ब’म राखेको प्रारम्भिक अनुस’न्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए। उनीहरुले कुकर ब’म वि’स्फोट गराएको अनुसन्धा’नमा देखिएको उनले जानकारी दिए।



‘व्यक्तिगत कारणले ब’म राखेको हुनसक्छ, विप्लव समूहले दसैंका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घट’ना घटा’एको प्रारम्भिक अनुस’न्धानमा खुलेको छ’, प्रहरी नायब उपरीक्षक कार्कीले भने। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गए राति भएको घट’नामा परी एकै परिवारका बाबु-छोरासहित एक प्रहरी निरीक्षकको मृ’त्यु भएको थियो।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको ब’म वि’स्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घट’नास्थलमै मृ’त्यु भएको थियो भने सोही वि’स्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्या’न गएको हो।
विस्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घा’इते भएका छन्। डिएसपी कार्कीले घरको भित्री गेटमा ब’म राखेको र प्रहरीले ब’म डि’स्पोजल टोलीलाई बोलाएर ठाउँ सु’रक्षित राख्दाराख्दै वि’स्फोट भएको जानकारी दिए।
स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले वि’स्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले ब’म छोएको भन्ने कुरामा कुनै स’त्यता नरहेको बताए। प्रनाउ कार्कीले भने, ‘घट’नास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सु’रक्षित राख्न निर्दे’शन दिएँ, अर्को पटक फोन गर्दा घ’टना भइसकेको खबर पाएँ।’ उनले घट’नास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा वि’स्फोट भएको जि’किर गर्दै प्रहरीले मानिस न’हटाएको भए अझ धेरै मानवीय क्ष’ति हुन सक्ने भनाइ छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्णेलले ब’मभित्र फलामका टु’क्रा (किला) समेत राखेर प’ड्काएको पाइएको जानकारी दिए। उनले भने, ‘प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी वि’स्फोट गराइएको छ।’ उनले वि’स्फोट हुनु अघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ छ। शुक्रबार राति १२:०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झु’ण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झु’ण्डिएको झोला ब’म हो वा होइन भनी अनुस’न्धान गर्ने क्रममा वि’स्फोट भएको जनाइएको छ। घटनामा सं’लग्न रहेको आरो’पमा प्रहरीले पाँच जनालाई प’क्राउ गरेको छ।
उक्त घ’टना आत’तायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अप’राधीलाई का’रबाही गरिछाड्ने प्रतिबद्धता जनाएका छन्। यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्ष’ति हुनेगरी चन्द समूहले ब’म वि’स्फोट गराएको थियो। वि’स्फोटमा तीन जनाको मृ’त्यु भएको थियो। सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो। उक्त घट’नामा ब’म बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए। सुकेधारामा वि’स्फोट भएकै समयमा घट्टेकुलोमा पनि वि’स्फोट भएको थियो।
गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै ब’म वि’स्फोट गराएको थियो। वि’स्फोटमा सिं’हप्रसाद गुरुङको मृ’त्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घा’इते भएका थिए। उक्त घट’नामा संलग्नहरु पक्राउ परिसकेका छन्। विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले वि’ध्वंशकारी रहेको निष्क’र्ष निकाल्दै उसका गतिविधिमाथि रो’क लगाएको थियो। त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता-कार्यकर्तालाई प’क्राउ गरी मु’द्दा चलाउँदै आएको छ।








