सुपादेउरालीको दर्शन गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर २९ गते आइतबारको राशिफल । इ.स. २०१९ डिसेम्बर १५, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष । तृतीया, ८:३१ उप्रान्त चतुर्थी ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थि’ति सोचेजस्तो अनुकूल नहुन सक्छ। आ’वेशमा काम गर्दा विवा’दमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बि’ग्रने ड’रले सता’उन सक्छ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। पारिवारिक असम’झदारीले आँटेको काममा पछि हट्नु’पर्ने स्थिति आउन सक्छ। आफ्नो वस्तुमा अरूले दा’बी गर्ने हुँदा व्यवहारमा स’जग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे लाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रति’स्पर्धीहरू पछि हट्नेछन्। तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अरूको मुख ता’क्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलो’चित बन्नुपर्ला। परिस्थि’ति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्या’न्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। आत्ति’ने बानीले बोलीको ग’लत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अव’सर प्राप्त भए पनि बल’जफ्ती गर्ने बानीले सम’स्या नि’म्त्याउन सक्छ। बे’सुरमा दिइएको वचनले सम’स्या निम्त्या’उनेछ। केही क’ठोर नि’र्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ। भेटघा’ट र खानपानमा समय व्यतीत हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बि’छोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दा’बी गर्न सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आक’स्मिक ख’र्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। कर’कापमा परी काम वा वि’शेष नि’र्णय गर्नुपर्ने परि’स्थिति आउन सक्छ। काममा ह’स्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कम’जोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सा’वधान रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक सा’धन जु’ट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्र’शस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अ’वसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) पुराना कामको चर्चा हुनेछ भने प्रयत्न गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अव’सरसमेत दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ। भविष्यका लागि वि’शेष काममा जग बसाउने मौ’का छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अव’सर र चु’नौती एकसाथ देखा पर्ने हुँदा हो’सियारीसाथ काममा जु’ट्नुपर्ला। सहयोगको नाममा धो’का हुन सक्छ। आफ्ना कम’जोरीको फाइदा उठाउनेहरूबाट सज’ग रहनुहोला। सामाजिक जिम्मे’वारी पनि बढ्नेछ। शुभचिन्तकहरूले भने राम्रै सहयोग जु’टाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा पनि प्रवृत्त भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) परि’स्थितिको चक्रमा अल’मलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्व’स्थताले कम’जोरीको अनुभूति हुनेछ। चुनौ’तीपूर्ण कामको जि’म्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्प’र्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सका’रात्मक संकेत प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो यात्रा, जम’घट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कम’जोरी सु’धार्दै जीवनशैलीमा परि’वर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछो’डिएका परिवारजनसँग भेटघा’ट हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) भौतिक सा’धन जु’ट्नाले साह’सी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीसमेत सहयोगी बन्नेछन्। वि’वाद तथा मु’द्दाहरूमा आफ्नो प’क्ष बलि’यो रहनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रो’किएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौ’ती पन्छा’एर काम बनाउन सकिनेछ। भविष्यका लागि विशे’ष काममा जग बसाउने मौ’का छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कम’जोर रहनाले अध्य’यनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई प’छ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा क’मजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अव’सर र व्यवधा’नका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अ’प्ठ्यारा परि’स्थितिलाई समेत सहज बनाउन सकिनेछ।

सम्बन्धित खवर

Back to top button