काम नगर्ने चार कम्पनी कालोसूचीमा

काठमाडौं : काम नगर्ने चार कम्पनी कालोसूचीमा परेका छन ।सार्वजनिक खरिद अनु’गमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटेका तर काम नगरेका चार कम्पनीलाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम शनिबारदेखि लागू हुने गरी चार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका कम्पनीमा सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगर–१३ तीनकुने, शान्ति/राम जेभी भक्तपुर, चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका– १ कालीकोट र अरनिको/त्रिशूली जेभी काठमाडौं महानगर–१६ बालाजु छन् ।

शान्ति/राम जेभीलाई तीन वर्ष र अन्य तीनवटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयको सूचनामा उल्लेख छ । अरनिको/त्रिशूली जेभीलाई जिल्ला समन्वय समिति मुस्ताङ, शान्ति/राम जेभीलाई जिल्ला स’मन्वय समिति जुम्ला, चौलागाईं नि’र्माण सेवालार्ई जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय कालीकोट र अरनिको/त्रिशूली जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनु’गमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा कालोसूचीमा राखिएका हुन् ।

कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सरकारी र सार्वजनिक कुनै पनि निकायको विकास नि’र्माण र खरिद प्रक्रियाको ठेक्कामा सहभागी हुन पाउने छैनन् । ठेक्का स’म्झौता गरी मोबिलाइजेसन खर्च (पेस्की रकम) बुझेर पनि लामो समयसम्म कामै नगर्ने प्रवृत्तिमाथि अं’कुश लगाउन कानुनबमोजिम ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनु’गमन कार्यालयका अधिकारीले बताएका छन् । यस्तो कारबा’हीले ठेकेदार कम्पनीहरू विकास निर्मा’णका काम लक्षित समयमा गर्न बा’ध्य हुने विश्वास ती अधिकारीले व्यक्त गरे ।

सम्बन्धित खवर

Back to top button