दाह्री ग्या’ङले कोहलपुरमा जेब्राक्रसीङ बनाउने


नेपालगंज : कोहलपुरमा दु’र्घटना बढेपछि स्थानीय युवाहरु ट्राफिक चिन्ह मर्मत गर्न अग्रसर देखिएका छन । दाह्री ग्याङमा आवद्ध युवाहरु कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर-१० हाईस्कुल नजिकैको जेब्राक्रसीङ मर्मत गर्न तम्सीएका हुन । शनिबार बसेको दाह्री ग्या’ङको तेस्रो बैठकले कोहलपुर हाईस्कुल क्षेत्रमा जेब्राक्रसीङ बनाउने नि’र्णय गरेको हो ।
दाह्री ग्या’ङ कोहलपुर संयोजक सन्दीप बिक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले त्रिभुवन उच्च मावि अगाडीको क्षेत्रमा सरसफाई गर्ने नि’र्णय समेत गरेको छ । फोहोर संकलनका लागि विद्यालय अगाडीको राजमार्गमा सरसफाई गरिने भएको हो । आगामी शनिबार सरसफाईका साथै विद्यालय अगाडी रहेको ट्राफिक चिन्ह (जेब्राक्रसीङ) मर्मत गर्ने नि’र्णय भएको दाह्री ग्याङ कोहलपुरका सदस्य सिजन श्रेष्ठले जानकारी दिए ।



केही दिन पहिले सडक दु’र्घटनामा परी एक बालिकाको दुबै खुट्टा गु’मेपछी कोहलपुरमा प्रद’र्शन भएको थियो । प्र’दर्शनका क्रममा प्रहरी र विद्यार्थी बीच झ’डप हुँदा दुई दर्जन बढी घा’इते भएका थिए । उक्त घ’टनापछि काेहलपुरका सचेत युवाहरुले फेरि त्यस्ता दु’र्घटना नदाेहाेरिउन भनी सडक सचेतना बढाउन काममा अग्रसरता देखाउन थालेका हुन् ।