जमैकाकी टोनी एन्ना सिंह मिस वर्ल्ड-२०१९ घोषित्


काठमाडाैं : जमैकाकी टोनी एन्ना सिंह मिस वर्ल्ड-२०१९ घोषित् भएकी छन् । यस वर्षकाे विश्व सुन्दरीमा जमैकाकी टोनी एन्ना सिंह चयन भएकी हुन् । बेलायतमा सम्पन्न सुन्दरी प्रतियोगिताको ६९ औं संस्करणको उपाधि १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै जमैकाककी सुन्दरी एन्ना सिंहले जितेकी हुन्।
सुन्दरी टोनी एन्ना सिंहले ‘मिस वर्ल्ड-२०१९’ को ताज पहिरेकी हुन्। ‘मिस वर्ल्ड’ घोषित २३ वर्षीया सिंहलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो। प्रतियोगितामा फ्रान्सकी सुन्दरी मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप र भारतकी सुन्दरी सेकेन्ड रनरअप बनेकी छन्।



नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भइन्। उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन्।







