अपडेट सिन्धुपाल्चोक बस दु’र्घटना : मृ’तकको सख्या १४ पुग्यो


सिन्धुपाल्चोक : आज बिहान सिन्धुपाल्चाेकमा भएकाे बस दु’र्घटनामा परी ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । दुर्घटनामा अन्य १६ जना घाइ’ते भएको प्रहरीले जनाएको छ ।
भक्तपुरबाट दर्शनका लागि रिजर्भ गएको दोलखाको कालिञ्चाेक पुगेर फर्किने क्रममा बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा प’ल्टिँदा ८ जना महिला, ३ जना पुरुष, २ बालक र एक बालिकाको ज्यान गए पनि उनीहरुको परिचय भने खुलिनसकेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिए ।



१२ जनाको घट’नास्थलमा र २ जनाको उपचारका लागि लैजाँदा गर्दा बाटाेमा नै ज्यान गएको हो । घा’इतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने बाँकीको खाँडीचौरमा उपचार भइरहेको छ ।
खाँडीचौरमा उपचार भएकालाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको एसपी महर्जनले जानकारी दिए । अहिले पनि उ’द्धारको काम भइरहेको छ ।
गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दु’र्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।