हुम्लामा हवाई सेवा ६ दिनदेखि बन्द


हुम्लामा हवाई सेवा ६ दिनदेखि बन्द छ । हिमपातका कारण सिमकोट विमानस्थल बन्द भएको हो । साढे दुई फिट हिँउ विमानस्थलमै जमेपछि नेपालगञ्ज र सुर्खेतबाट नियमित हुदै आएका हवाई उडान अवरुद्ध भएका छन् । विमानस्थलमा जमेको हिँउ पन्छाउने कार्य हाल भईरहेको सिमकोट नागरिक उडड्न प्राधिकरण हुम्लाका प्रमुख गौरीशंकर शाहले जानकारी दिनु भएको छ । हुम्लामा लगातार हिमपात भएपछि स्थानीय किसानहरु भने खुसी देखिएका छन ।।











