उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


३ पुस,उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् ।











