सरकारी जग्गा व्यक्तिको नाममा ११ बिघा

पुस ४, २०७६कोहलपुर : काठमाडौंको बालुवाटारसँगै झापा दमकको बालुवाटार पनि अहिले चर्चामा छ। वडा नं. ८ रतुवा खोला किनारमा रहेको सरकारी जमिन व्यक्तिको नाममा पारिएकोसार्वजनिक भएको छ। घटना सार्वजनिक भएसँगै नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेतासमेत रहेका रेवतराज पुरीमाथि यसको तीर सोझिएको छ। त्यहाँको ११ बिघा सरकारी जमिन आफ्नो नाममा पुरीले पारेको आरोप लागेपछि उनलाई अदालतद्वारा पक्राउ पुर्जी जारी गरिएको छ। तर, उनी फरार छन्।











