‘राजनीतिक भागवण्डाले जनताको अधिकार हनन्’

काठमाडाैं : राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले विभिन्न आयोगमा हुने राजनीतिक नियुक्तिमा सरकारले समानुपातिक सिद्धान्तको नीति अवलम्बन गर्न नसकेको अरोप लगाइएकी छन्। राष्ट्रियसभामा बोल्दै उनले संवैधानिक आयोग, कूटनीतिक नियोग र विभिन्न राजनीतिक नियुक्तिमा समानुपातिक सिद्धान्तको नीतिअनुसार प्रतिनिधित्व गराउन सरकारको कुनै पहल नदेखिएको आरोप लगाएकी हुन्।
‘संवैधानिक आयोग, कुटनीतिक नियोग र विभिन्न राजनीतिक नियुक्तिमा समानुपातिक सिद्धान्तको नीतिअनुसार प्रतिनिधित्व गराउन सरकारको कुनै पहल देखिएन्। संवैधानिक निकायमा राजनीतिक भागवण्डाको आधारमा नियुक्त हुँद जनताले आफ्नो अधिकार पाउन सकेका छैनन्। संविधानले ग्यारेण्टी गरेका अधिकार पनि हननगरी मन्त्रालयले सदनसमक्ष विधेयक पेश गरेको अवस्था छ।
संशोधन हाले पनि सुनुवाई भएन्’ उनले भनिन्। संविधान संशोधनका विषयमा सरकारसँग समाजवादी पार्टीले गरेका सहमतिको पालना हुनुपर्ने बताउँदै उनले पाँचौ अधिवेशनमा संविधान संशोधनको विषयले प्राथमिकता पाउने विश्वास व्यक्त गरिन्।

सम्बन्धित खवर

Back to top button