१७ वटा राष्ट्रिय झन्डा फहराइयो एकैपटक मेची पुलमा


पुस ४, २०७६ सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ पारेर मेची पुलमा शुक्रबार एकै पटक १७ स्थानमा राष्ट्रिय झन्डा फहराइएको हो। मेची पुलको १७ वटा पिलरमा १७ वटा राष्ट्रिय झन्डा फहराइपछि पुलभरि देशको राष्ट्रियता झल्किएको छ। पुलमा राष्ट्रिय झन्डा फहराएपछि पुलमा आवतजावत गर्ने व्यक्तिले झन्डा देखिने गरी फोटो खिचाउँदै प्रशंसा गर्न थालेको समेत पाइयो। ‘अहिले पुलमा राष्ट्रिय झन्डा मात्र राखिएको छ’, वडा अध्यक्ष कार्कीले भने, ‘त्यसलाई त्यही ठाउँमा फलामको क्लिप लगाउँदै रंगरोगन गरी सधैँका लागि राख्छौ ।’