लघुवित्त संघ कोहलपुरकोअन्त्रकृयात्मक सम्पन्ना,

पौष १७- कोहलपुर :- लघुवित्त कार्यक्रम संचालन गर्दै आएका बिभिन्न २५ भन्दा बढी संघ सँस्थाहरुको साझा संगठ्न लघुवित्त संघ कोहलपुरले आज व्यापक अन्त्रकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ । हाल परिमार्जित नितिनियम अनुरुप एकता कायमगर्दै निष्क्रियता बड्दै गएको लघुबित्त समुह र सदस्यहरुको आर्थिक क्रियाकलापको गहिरो खोज तथा अनुसन्धान गति समस्या हल गर्ने उदेश्यअनुरुप कोहलपुर लघुबित्त संघ सक्रिय भएको र सोही निरन्तरता अनुरुप आज स्थानीय सरोकार वाला निकाय र संघ बिच अन्त्रकृयात्मक कार्यक्रम राखियको , आगामी दिनहरुमा लघुकर्जाका सम्भावना ,समस्या र चनौती हरुको थप अध्यान गरि कर्जा सदुपयोग गर्न तथा गराउन सबै लागि पर्ने लगायतका निर्णय गरिएको संघका सद्स्य हेमशंकर न्युपानेले बताए । आज भएको औपचारिक कार्यक्रम स्थानीय निकायका प्रतिनिधि , समुह सद्स्य लगायत २५ भन्दा बढी कोहलपुरमा संचालित लघुबित्त संस्था हरुको प्रमुख एवं प्रतिनिधि उपस्थित रहेका थिए । ग्रामिण बस्ती तथा भुमिहिन समुदायको ब्यक्तिहरुको उत्थानमा गहन भुमिका खेलेको लघुबित्त कार्यक्रम केही खराब ब्याक्तिहरुको कारण समस्याम पर्दैआएको छ । प्रमुख अथितिका रुपमा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले यदि यसको सहि सदुपयोग गर्ने हो भने आर्थिक पहुँच नभएका ,गरिखाने जागर भएका जो कोहिका लागि लघुबित्त कार्यक्रम बरदान साबित हुनसक्ने बताए ।

सम्बन्धित खवर

Back to top button