जिल्ला सहकारी संघ बाँकेको साधारणसभा सम्पन्न


पौष १८- बाँके :- जिल्ला सहकारी संघ बाँकेको २८औं साधारणसभा होटेल बाटिकामा स्म्पन्न गरेको छ । अध्यक्ष प्रेम सुबेदीको सभापतित्वमा भएको सभाको प्रमुख अथिती प्रदेश सभा सदस्य आइ. पी .खरेल बिशेस अथिती नेफ्स्कुन का महासचिव दमोदर अधिकारी , सहकारी बैंकका संचालक बिजया धिताल तथा सो कार्यक्रमको मोट्भेसनल बक्ताकोरुपमा कन्चन घिमिरे थिए । घिमिरे को झन्डै सवा घन्टाको मोटिभेसनल स्पिकिङमा सहभागीले भरपुर मनोरञ्जन र ब्याभारिक ज्ञान् प्राप्त गरेका थिए। छोटो समयको अन्तरालमा जिल्ला संघ बाँकेले उल्लेख्य प्रगति गरेको र यसको प्रगतिमा सहकारी संघका अध्यक्ष प्रेम सुवेदी र प्रबन्ध संचालक नबराज उपाध्यायको कुसल भुमिका रहेको भन्दै बक्ताहरुले प्रसंशा समेत गरेका छन । शेयर पुजी रु. २१४९,२००। का तुलनामा सम्पत्ति भने सम्पत्ति भने रु. ३७७४४७८२.१८ ले उच्च रहेको छ । रु. २,७०१७१२७.२६ निक्षेप रहेकोमा रु. २,०९,५२,७४५ ऋण लगानी गरेको छ । संघले आ.ब ०७६/०७७ को लक्ष्य भने झन्डै तेब्बर राखेको छ । भिभिन्न उदेश्य अनुरुप नमुना कामगर्दै आएको बाँके संघ नेपाल कै एक कृयासिल र नमुना संघका रूपमा अगाडी बढी रहेको छ ।











