बाटो बिराउने को?सत्तामा प्रचण्ड–सडकमा बाबुराम!


कोहलपुर
२०७६,पुस १९



नेपालको कम्युनिष्ट आन्दोलन टुटफुटकै श्रृंखला भएको जगजाहेर छ। धेरै पछि सत्ता, शक्ति र अस्तित्व रक्षाका लागि साविकका माओवादी–एमालेबीच एकता हुनुबाहेक नेपालको कम्युनिष्ट आन्दोलनमा त्यस्तो अभूतपूर्व एकता देखिएको छैन। बरु कुनैबेला एउटै पार्टीबाट कम्युनिष्ट आन्दोलनलाई साथमा साथ, काँधमा काँध गरेर अघि बढाएका नेताहरु अनेक वहाना र तर्क-वितर्क गर्दै फुट्नुलाई आफू अरुभन्दा अब्बल क्रान्तिकारी भएको प्रमाणका रुपमा दर्ज गराउन खोज्छन्। सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको यात्रा पनि यस्तै उदेकलाग्दो देखिन्छ। वि.सं. २०५२ सालमा शुरु भएको जनयुद्धका प्रमुख नेताहरु प्रचण्ड र भट्टराईको राजनीतिक सहयात्रामा सत्तास्वादनसँगै विराम लाग्यो। परम्परागत राज्यसत्ताका विरुद्ध बन्दुक उठाएका नेताहरु अहिले एक-अर्कोलाई माथ गर्न फरक पार्टीमा फरक रणनीति बनाइरहेका छन्।








