नेपालको सन्दर्भमा व्यक्तिको सफलता र असफलता सम्बन्धी आदर्शवादी र भौतिकवादी विश्व दृष्टिकोण: संक्षिप्त चर्चा


पृष्ठभूमि
हाम्रो नेपाली समाजमा कस्तो व्यक्तिलाई सफल ठान्ने वा मान्ने ? कस्तो व्यक्तिलाई असफल मान्ने र कुनै पनि व्यक्तिको सफलताको मापन यन्त्र के हो ? भन्ने सन्दर्भमा फरक फरक धारणाहरु पाइन्छन् । नेपाली समाज फरक फरक विश्व दृष्टिकोणबाट निर्देशित मानिसहरुको समिश्रणबाट निर्माण भएको बहुलवादी संरचना रहेको समाज भएकाले कुनै व्यक्तिको सफलता असफलताको मापन यन्त्रको बारेमा नेपाली समाजमा फरक फरक कोणबाट व्याख्या विश्लेषण हुनु वा त्यसबारे धारणा निर्माण हुनु अस्वाभाविक कुरा हैन । कुनै मानिसको दृष्टिकोण उक्त मानिसले कुन विश्व दृष्टिकाण अंगाल्दछ भन्ने कुराबाट निर्देशित हुने भएकाले र फरक फरक मानिसले फरक फरक दृष्टिकोण अंगाल्ने हुनाले त्यसरी नेपाली समाजका व्यक्तिहरुका बीच मानिसका सफलता र असफलताका सन्दर्भमा भिन्न भिन्न पृथक मतहरु देखिनु अस्वाभाविक मान्न सकिँदैन । विश्वका अन्य मानव समाजमा जस्तै नेपाली समाज पनि मूलतः दुइ खाले विश्व दृष्टिकोणबाट वा जीवन दर्शनबाट निर्देशित भएको पाइन्छ । नेपाली समाजमा अँगाल्दै आइएको, विश्व दृष्टिकोणमा विश्वका अन्य समाजको जस्तै आदर्शवादी (आध्यात्मवादी हैन) र भौतिक वादी मुख्य हुन् । आदर्शवादी र भौतिकवादी विश्व दृष्टिकोणबाट निर्देशित हुने व्यक्तिहरुका बीच पनि ती व्यक्तिहरुको जातिय श्रेष्ठता (उच्चता), वर्गिय धरातल, तिनले अंगाल्ने राजनीतिक दृष्टिकोण, सत्ता शक्ति र स्रोतमा ती व्यक्तिको पहुँच, तिनको पहिचान, तिनका जीवनका आप्mनै भोेगाई र अनुभव, तिनको अध्ययनको स्तर, सामाजिक रीति, संस्कृति, परम्परा मूल्य मान्यताका तिनमा परेको प्रभावको डिग्री, तिनको पेशा, रहनसहन, खानपान र तिनको सर संगत (साथी संगती) आदिको आधारमा विभिन्नता देखिनु स्वाभाविक नै देखिन्छ । त्यसैले नेपाली समाजमा पनि आदर्शवादी र भौतिकवादी विश्व दृष्टिकोण वा जीवनदर्शन अँगाल्ने व्यक्तिहरुका बीच पनि माथि उल्लेखित तिनको विविध पक्षको समग्रताको आधारमा नै तिनीहरु पूर्ण रुपमा आदर्शवादी, भौतिकवादी हुन वा पौने, हाफ वा क्वार्टर आदर्शवादी हुन् वा भौतिकवादी भन्ने कुरा निर्देशित हुन्छ । त्यसर्थ आपूmलाई पूर्ण रुपमा आदर्शवादी र भौतिकवादी भनि टोपल्ने व्यक्तिहरुको पनि व्यवहारिक जीवन भने पूर्ण रुपमा आदर्शवादी वा भौतिकवादी रहन सम्भव नहुन सक्दछ । अझ प्रष्ट शब्दमा भन्नुपर्दा मन वचन र कर्मले आदर्शवादी र भौतिकवादी व्यक्तिहरु निकै कम संख्यामा वा औंलामा गन्न सकिने नै हुन्छ । आपूmलाई आदर्शवादी भन्ने धर्म गुरु वा सन्यासीहरुको बेलाबेलामा हुने व्यावहारिक विचलनका खबरले नेपाली समाजमा पनि विश्वका अनय समाजमा जस्तै आदर्शवादी व्यक्तिहरुको विचलन हुने गरेको प्रशस्त उदाहरण पाउन सकिन्छ । त्यस्तै नेपाली समाजमा आपूmलाई भौतिकवादी र द्वन्द्वात्मक भौतिकवादलाई अँगालेको भन्ठान्ने तर व्यवहारतः आदर्शवादलाई नै अँगाल्ने नेतृत्व तहमै रहेको व्यक्तिहरुको प्रशस्त उदाहरण पाउन सकिन्छ । केही आपूmलाई द्वन्द्वात्मक भौतिकवादी भन्ठान्ने र जीवनभर भौतिकवादी आदर्शलाई नै मियो मानेर राजनीति कर्म गरेका केही नेतृत्व तहका व्यक्तिहरुले पनि आपूm राज्यको उच्च ओहदामा पुग्दा ‘कालो बोका’ चढाएको तथ्यहरु हाम्रो बीचमा जीवन्त छन् । त्यस्तै आपूmलाई धर्म भिरु, आदर्शवादको ठेकेदार नै ठान्नेहरुको पनि आदर्शवादी र न्यूनतम मानवीय मूल्य मान्यताबाट नै च्यूत भएर अनैतिक कर्ममा सामेल भएको दृष्टान्त हाम्रै नेपाली समाजमा बर्गेल्ती पाइन्छन् । त्यसरी १००% शुद्ध आदर्शवादी र १००% शुद्ध भौतिकवादी द्वन्द्वात्मक भौतिकवादीहरु विश्वका अन्य देशहरुमा जस्तै नेपालमा पनि व्यवहारतः अत्यन्त न्यूनः संख्यामा छन् भन्न सकिन्छ । त्यसरी शुद्ध रुपमा निरपेक्ष भौतिकवादी र शुद्ध रुपमा निरपेक्ष आदर्शवादी विश्व दृष्टिकोण अँगाल्ने व्यक्तिहरुको संख्या कम भएपछि नेपालमा सैद्धान्तिक रुपमा आदर्शवादी भए पनि व्यवहारमा भौतिकवादी र विश्व दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी अंगाले पनि व्यावहारिक रुपमा आदर्शवादलाई पनि छोड्न नसकेका मानिसहरुको संख्या नै बढी रहेको देखिन्छ । यसरी मानिस स्वभावतः नै असरवादी वा स्वार्थी प्राणीले भन्ने कुरा आदर्शवाद र भौतिकवाद दुवै अँगाल्ने व्यक्तिहरुको बाहुल्य नेपाली समाजमा विद्यमान रहनुबाट पनि पुनःपुष्टि हुन्छ । विशेषतः नेपाली समाजमा कुनै पनि व्यक्तिको सफलताको मापन यत्र र सफल र असफल व्यक्ति सम्बन्धी व्याप्त धारणाहरुको आदर्शवाद र भौतिकवादको आलोकमा व्याख्या विश्लेषण गर्नुमा नै यो लेख केन्द्रित रहने छ ।
नेपाली समाजमा व्यक्तिको सफलताको मापन यन्त्र :



नेपाली समाज पनि विश्वको अरु देशहरुको समाज जस्तै प्राचीनकाल, मध्यकाल र आधुनिक काल हुँदै विकसित हुँदै आएको देखिन्छ । पूर्वीय दर्शनमा आधारित आदर्शवादीहरुले हाम्रो समाज सत्य युग, द्वापर युग, त्रेता युग र कलि युग हुँदै विकसित हुँदै आएको कुरा उल्लेख गर्दछन् भने भौतिकवादीहरु र त्यसमा पनि विशेषतः द्वन्द्वात्मक भौतिक वादीहरु विश्वमा जस्तै नेपालमा पनि मानव समाज आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पुँजीवादी युग र समाजवादी (साम्यवादी ?) युगमा प्रवेश गर्ने क्रममा रहेको उल्लेख गर्दछन् । तर नेपालमा अहिले पनि अर्धसामन्ती शासन प्रणाली छ वा नेपाल पुँजीवाद (दलाल पुँजीवाद ?) मा प्रवेश गरिसक्यो भन्ने कुरामा अहिले पनि भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी मान्यता राख्नेहरुको बीचमा मतभिन्नता पाइन्छ ।
नेपाली समाज पनि विश्वको अन्य समाज जस्तै गतिशील, विकासशील र परिवर्तनशील रहेकाले व्यक्तिको सफलताको मापन यन्त्रको सन्दर्भमा पनि तत्कालिन बदलिँदो समय परिस्थिति अनुसार फरक फरक दृष्टिकोणहरु पाइन्छन् । नेपालमा प्राचीन, मध्य र आधुनिक कालको पनि २००७ सालको परिवर्तन अगाडि सम्म पनि सके शक्तिशाली व्यक्ति बन्ने, नसके शक्तिशाली व्यक्तिको चाकडी चाप्लुसी आदि गरेर भए पनि (अहिले पनि यस प्रवृत्तिको अवशेष देख्न पाइन्छ) । सरकारी ओहदा वा पद हत्याउने व्यक्तिलाई नै औसतमा सफल व्यक्ति मानिने प्रचलन थियो । त्यस्तै मल्लकालमा स्थिति वा जयस्थिति मल्लले काठमाडौं उपत्यकाका नेवारहरुलाई चार जात छत्तिस वर्णमा विभाजन गरी पूर्वीय दर्शन अनुसार हिन्दू वर्णाश्रममा आधारित समाजको निर्माण गरेपछि कुनै पनि व्यक्ति आप्mनो जात अनुसारको कामकाज, आचरण र कर्तव्यमा कतिको अविचलित रुपले खरो उत्रन सक्तथ्यो, त्यसैलाई नै सफल व्यक्तिको मापन यन्त्र वा कडी मानिन्थ्यो । त्यतिखेृर उच्च जात वा उच्च कुल घरानामा जन्मनु नै मानिसको श्रेष्ठता र सफलताको पर्याय हुन्थ्यो । जातिय वर्णाश्रममा आधारित नेपाली समाजलाई जयस्थिति मल्ल पछिका मल्ल राजाहरु, तत्कालिन गोरखाका शाह राजाहरुले निरन्तरता दिए भने जंगबहादुरले आप्mनो बेलायत र युरोपको राजकीय भ्रमणपछि स्थिति मल्लको पालादेखि पूर्वीय आदर्शवादी हिन्दू धर्ममा आधारित रहँदै आएको जातिय वर्णाश्रममा आधारित सामाजिक मूल्य, मान्यता, संस्कार र कानूनी प्रणालीलाई ‘मुलुकी ऐन १९१०’ को रुपमा लिपिबद्ध गरेपछि नेपाली समाजमा जाति प्रथा थप सुदृढ हुन पुग्यो । राणाकालको उत्तराद्र्धदेखि भने नेपाली समाजमा बाहिरी विश्वको परिवर्तनको प्रभाव विशेषतः भारतीय स्वतन्त्रता संग्राम, चिनिया जनवादी क्रान्ति आदिको प्रभावले उक्त जाति प्रथाको जगमा उभिएको सामाजिक संरचनाको विरुद्ध निर्णायक प्रहार शुरु भयो । त्यस्तै राणाकालकै उत्तराद्र्धमा शुरु भएको विशेषतः मंगोल मूलका आदिवासी जनजाति युवाहरुलाई ब्रिटिश गोर्खाको रुपमा बेलायत र पछि १९४७ मा भारतले सेनामा भर्ति गर्न शुरु भएपछि त्यसको प्रभाव स्वरुप परम्परागत हिन्दू वर्णाश्रममा आधारित जात प्रथामा आधारित नेपाली समाजको सफलताको मापदण्ड सम्बन्धी धारणामा पनि परिवर्तन हुन शुरु भयो । किनकी गोर्खा भर्ति शुरु हुनु अगाडि सम्म नेपालमा भरपर्दो आर्थिक उपार्जनको बाटो भनेको कृषि र पशुपालन नै थियो । त्यतिखेर जसको खेतवारी बढी छ, खेतमा काम गर्ने जनशक्ति बढी छ (भूदासहरु र श्रमिकहरु समेत) आदि कुरालाई व्यक्तिको सफलताको मापन यन्त्रको रुपमा लिइन्थ्यो । अर्को शब्दमा भन्नुपर्दा तत्कालीन समयमा आर्थिक स्तरको मापन को सँग कति भूमि वा जमिन छ त्यसबाट निर्धारित हुन्थ्यो । विर्ता, गुठी, जागिर, रकम, किपट आदिको नाममा राज्यले नै जमिन आप्mनो नजिकका नातेदार सम्भ्रान्तहरु, कुलीन, ब्राह्मण पुरोहित, पूर्वतिरका लिम्बु लगायतका केही स्थानीय मंगोल महत्वको आदिवासी जनजाति, सेवा निवृत्त सेना र कर्मचारी आदिलाई वितरण गर्ने गर्दथ्यो भने स्थानीय स्तरमा भनेर मुखिया, जिम्मावालहरुलाई भूमि प्रशासन (कर संकलन र नियमन) को जिम्मा दिइने गरिन्थ्यो । त्यसरी गोर्खा भर्ति शुरु हुनु अगाडि सम्म भूमिलाई नै सम्पत्तिको मूल स्रोत मानिन्थ्यो । तर गोर्खा भर्ति शुरु भए पश्चात लाहुरेहरुले नगद पैसा नै आर्जन गर्न थालेपछि सम्पत्तिको मूल स्रोतमा रहेको भूमिको बेच बिखन तिब्र हुन थाल्यो । अर्थात लाहुरेहरुले लाहुर गएर आर्जन गरेको पैसाले जग्गा जमिनहरु किन्न सक्ने र आप्mनो स्वामित्वमा पार्ने अवस्थाको सिर्जना भयो । त्यसरी परम्परागत रुपमा आदर्शवादी हिन्दू मूल्य मान्यता अनुसार वर्णाश्रममा आधारित नेपाली समाजमा कुनै व्यक्तिको सफलताको मानक श्रेष्ठ कूलमा जन्मनु र आप्mनो जातिय मूल्य मान्यतामा अविचलित रुपमा रहनुलाई मानिदै आइएकोमा गोर्खा भर्ति शुरु भएपछि विशेषतः लाहुरे हुनु र ठाँट र वैभवको जीवन, व्यक्ति गर्नुलाई पनि सम्बन्धित आदिवासी जनजाति र अन्य समुदायमा पनि सफलताको मापनको रुपमा लिन थालियो । अर्थात् तत्कालिन समाजमा भर्ति वा लाहुरे हुनुलाई सुख र सम्पन्नताको मानकको पर्यायको रुपमा हेर्न थालियो ।
२००७ सालको राजनीतिक परिवर्तन पछि नेपाल खुला युगमा प्रवेश ग¥यो । २००७ सालपछि अन्य छिमेकी नेपालले देशहरुसँग सम्बन्ध पनि स्थापित गर्न थाल्यो । बाहिरी विश्वको सम्पर्कमा आएपछि नेपाली शासक र नेपाली जनताहरुमा पनि बाहिरी विश्वको विज्ञान प्रविकिो उच्चतम विकास, शासनको प्रजातान्त्रिकरण आदिको प्रभाव प्रत्यक्ष परोक्ष असर पर्न थाल्यो । त्यसबाट नेपालीहरुमा पनि नेपाललाई विकसित तुल्याउने र देशमै केही काम गर्ने भन्ने राष्ट्रवादी र देशभक्त भावनाको पनि विस्तारै विकसित हुन थाल्यो । त्यस्तै शिक्षा क्षेत्रमा पनि क्रमशः नेपालमा विकास हुन थाल्यो । त्यसबाट नेपालीहरुमा पनि पुरातन सामन्तवादी जगमा उभिएको शासन प्रणालीको विरुद्ध विद्रोहको भावना जागृत हुन शुरु भयो । किनकी २००७ सालमा राजनीतिक परिवर्तन भएता पनि शासकहरुको ठाँटबाँट र विलासी जीवनशैलीमा कुनै परिवर्तन आएन । २००७ सालमा राजा त्रिभुवनले देशमा विधानसभाको चुनाव गरी त्यही सभाबाट संविधान निर्माण गर्ने उद्घोष गरे पनि विभिनन राजनीतिक दाउपेच र खिचातालिका बीच २०११ सालमा उनको स्वीट्जरल्याण्डमा उपचारको क्रममा निधन भएपछि राजा महेन्द्रले विधान सभाको चुनाव नै नगरी नेपाल अधिराज्यको संविधान २०१५ घोषणा गरिदिए र संसदको निर्वाचन भयो । संसदीय निर्वाचन मात्र तत्कालिन नेपाली काँग्रेसले बिजय हासिल ग¥यो र विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री बने । प्रजातान्त्रिक समाजवादलाई आप्mनो आदर्श मान्ने बि.पी. कोइरालाले केही प्रजातान्त्रिक सुधारका काम गर्दा गर्दै २०१७ पौष १ गते राजा महेन्द्रले उनलाई अपदस्त गरी पञ्चायती व्यवस्था लागू गरे । पञ्चायतीकालमा सबै राष्ट्रियताका सन्दर्भमा केही अडानहरु राखिए पनि “सबै नेपाली पञ्च, सबै पञ्च नेपाली” भन्ने उद्घोषण साथ मूलतः पञ्चायती शासन पक्षधरहरुलाई मात्र संरक्षण गर्ने काखी च्याप्ने काम हुन थाले भने फरक मत राख्नेहरुलाई ‘अराष्ट्रिय तत्व’ को रुपमा जेलनेल यातना र मृत्युदण्डसम्मको कारवाही गरियो । यसरी पञ्चायती कालमा पञ्चायती शासनको असल अनुयायी हुनुलाई नै सफल व्यक्ति हुनुको पर्याय मान्न थालियो । माथि उल्लेखित आदर्शवादी, भौतिकवादी र तिनीहरुको वीचको समिश्रण युक्त बीचको धार पनि पञ्चायतकालमा अस्तित्वमा रहिरह्यो । पञ्चायतकालमै विदेशी अनुदानको नाममा वैदेशिक सहायता उल्लेख्य मात्रामा भित्रियो भने देशमै कलकारखाना र उद्योगधन्दा उल्लेख्य मात्रामा निर्माण हुन सकेनन् । त्यसको परिणामस्वरुप शैक्षिक बेरोजगारहरुको संख्या बढ्न थाल्यो । देशभित्र रोजगार श्रृजना हुन नसक्दा वैदेशिक रोजगार विशेषतः खाडी मुलुकमा नेपाली युवाहरु श्रम बेच्न जान बाध्य भए । यसरी नेपाली समाजमा सफल व्यक्तिको मानकको रुपमा वैदेशिक रोजगारीलाई पनि मापन यन्त्रको रुपमा लिन थालियो अर्थात् खाडी मुलकमा भए पनि वैदेशिक रोजगारीमा जाने, मनग्य आम्दानी गर्ने र परिवारको लालनपालन गर्ने र शिक्षा दीक्षा प्रदान गर्ने र घरघडेरी जोड्ने व्यक्तिलाई पनि सफल व्यक्ति मान्न थालियो । त्यसका अलावा पञ्चायतीकालमा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, नर्स, व्यापारी, उद्योगी, नेता, प्रहरी, शिक्षक, सैनिक लगायत स्वदेशमै पेशा गर्ने व्यक्तिहरुलाई पनि सफल व्यक्ति मान्ने प्रवृत्तिको विकास भयो ।
२०४६ सालको परिवर्तन पछि पनि सफल व्यक्तिमा दरिने सन्दर्भमा माथिका आदर्शवादी र भौतिकवादी मापन यन्त्रहरुले निरन्तरता पाइनै रहे । २०४६ को परिवर्तन पछि २०४८ मा पहिले आम निर्वाचन र २०५१ मा दोश्रो आम निर्वाचन हुँदा क्रमशः नेपाली काँग्रेस र तत्कालिन नेकपा (एमाले) ले सरकारको नेतृत्व गरे । ति दलहरु मध्ये नेपाली काँग्रेसको दष्टिकोण सैद्धान्तिक रुपमा आदर्शवादबाट बढी प्रेरित थियो किनकी त्यो तत्कालिन अवस्थामा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आप्mनो मूल मन्त्र मान्थ्यो भने सैद्धान्तिक रुपमा तत्कालिन नेकपा (एमाले) भौतिकवादी मान्यतामा आधारित जनताको ‘बहुदलीय जनवादलाई’ आप्mनो मूल मन्त्र मान्थ्यो । तर सत्ता सञ्चालनको दृष्टिकोणबाट ती दुई शक्ति बीचको व्यवहारिक पाटो मात्रात्मक रुपमा फरक रहे पनि व्यवहारिक रुपमा एकै प्रकारको थियो । अर्थात नेपाली काँग्रेस र तत्कालिन एमाले पहिलो पल्ट सरकारमा रहँदा शुद्ध आदर्शवादी र शुद्ध भौतिकवादी आदर्शबाट निर्देशित नभई आदर्शवाद र भौतिकवाद दुवैको मिश्रण युक्त विश्व दृष्टिकोणबाट निर्देशित रहेका थिए । अर्थात् पहिले राणाकाल, पञ्चायत कालको चाकडी चाप्लुसी युक्त परम्परा र आप्mनो नातेदार र आसेपासेलाई नै राज्यको निकायमा स्थापित गर्ने कुराबाट नै ती दुई पार्टीको सरकारहरु मूल रुपमा निर्देशित भएको देखिन्थ्यो ।
‘संसद र संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने लेनिनको भनाईको आदर्शबाट प्रेरित भएको भनिने तत्कालिन नेकपा (एकताकेन्द्र) मा २०५१ सालमा भएको विभाजनपछि बनेको तत्कालिन ने.क.पा. (माओवादी) ले २०५२ सालमा जनयुद्ध शुरु ग¥यो । १७ हजार नेपालीको ज्यान गएको उक्त जनयुद्ध शुरु भएपछि परम्परागत नेपाली सामाजिक मूल्य मान्यता माथि ठूलो प्रहार भएको मान्न सकिन्छ । मूलतः वर्गीय उत्पीडनको विरुद्ध लक्षित भनिए पनि तत्कालिन जनयुद्धको नेतृत्वकर्ता नेकपा (माओवादी) ले नेपालमा तत्कालिन समयमा विद्यमान जातिय, वर्गीय, लैङ्गिक, क्षेत्रीय, भाषिक र धार्मिक उत्पीडनका विरुद्ध पनि आवाज उठाए पछि तल्लो वर्ग र पिछडिएका उत्पिडित वर्ग, क्षेत्र लिङ्ग, भाषा र क्षेत्रका व्यक्तिहरु सो युद्धमा सामेल भए । २०६२/६३ सालको दोश्रो जनआन्दोलनपछि शान्तिपूर्ण विस्तृत शान्ति सम्झौतामा २०६३ मंसिर ५ गते हस्ताक्षर भएपछि शान्तिपूर्ण राजनीतिमा अवतरित भएको नेकपा माओवादी २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनपछि सबैभन्दा ठूलो दलको रुपमा सरकारमा सामेल भयो । तर आमूल परिवर्तनको एजेण्डा बोकेर युद्धमा समेत सामेल भएर हजारौंको सहादत पछि स्थापित तत्कालिन नेकपा (माओवादी) ले पनि सरकारमा सामेल भएपछि केही मात्रात्मक काम गर्नुका बाबजुद तात्विक परिवर्तन गर्न असमर्थ रह्यो । नेकपा (माओवादी)को पहिलो सरकारमा पनि राणाकाल, पञ्चायतकालको र २०६२/६३ का संसदीय कालमा समेत विद्यमान चाकडी, चाप्लुसीबाट प्रभावित हुने र आप्mना नातेदार र समर्थकहरुका लागि मात्र राज्यको महत्वपूर्ण स्थानहरु प्रदान र प्राप्त गर्ने प्रवृत्तिले निरन्तरता पाएको देखिन्थ्यो । त्यसरी चाकडी, चाप्लुसी गरी राज्यको पद प्रतिष्ठा प्राप्त गर्ने र आप्mनो जीविकोपार्जन गर्ने व्यक्ति नै सफल व्यक्ति भन्ने मानकले अहिले पनि नेपाली समाजमा गहिरो गरी जरो गाडेको यथार्थतालाई हामीले स्वीकार गर्नै पर्दछ ।
नेपालमा सफल र असफल व्यक्तिको सन्दर्भमा आदर्शवादी र भौतिकवादी दृष्टिकोण
“आपूm सँग होस् नहोस्, ऋण नै गरेर भए पनि बाँचुन्जेल घ्यू नै खानुपर्छ” भन्ने पूर्वीय दर्शनको श्लोक शोकलाई मानक मान्ने नेपाली समाजको वास्तविकता भन्दा बाहिरी देखावटी पनमा बढी उद्दत हुने समाज मानिन्छ । भौतिकवादी वा आदर्शवादी, लोकतन्त्रवादी वा साम्यवादी, पहिचानवादी वा उदारवादी सबैमा व्यवहारिकता र वास्तविकतालाई भन्दा पनि लेखावटी ताम कालाई नै प्रश्रय दिने प्रवृत्ति हावी भएको कुरा तथ्य नै मान्न सकिन्छ । त्यसर्थ कुनै व्यक्ति सफल वा असफल हो भन्ने कुरामा पनि माथि उल्लेखित पूर्वीय हिन्दू दर्शनको भनाई हुबहु लागू हुन्छ भन्दा अत्युक्ति नहोला ।
कस्तो व्यक्ति सफल हो वा कस्तो व्यक्ति असफल भन्ने कुराको चर्चा गर्नु अगाडि मानिसले के गनुपर्छ ? भन्ने कुराको बारे चर्चा गर्नु सान्दर्भिक होला । ‘मानिस जन्मदा स्वतन्त्र हुन्छ तर जन्मेपछि अनेकौं बन्धनरुपी साङ्लाहरुले जकडिन्छ’ भन्ने जिन ज्याक रुसोको भनाइलाई यथार्थपरक नै मान्न सकिए तापनि मानिसले आपूm जन्मेपछि कुनै निश्चित काम नै गर्नुपर्छ र कुनै अर्को काम गर्नु हुँदैन भन्ने कुनै निश्चित मापदण्ड हुँदैन । तथापी कुनै पनि व्यक्तिले कुनै काम गर्दा सम्बन्धित ठाउँका संस्कार, संस्कृति, परम्परा, मूल्य मान्यता र प्रचलित कानून बमोजिम कुनै क्षेत्रमा काम गर्नुलाई आदर्शवादीहरुले सही ठान्दछन् । त्यस्तै भौतिकवादीहरुले भने यदि सम्बन्धित समाजको नियम कानून संस्कार, संकृति र परम्परा रीतिरिवाज सामन्ती, पुरातन, अव्यवहारिक र अवैज्ञानिक छ भने ती नियमको उल्लंघन गरेर पनि बहुसंख्यक मानिसको भलाईको लागि वा तल्लो वर्गको व्यक्तिको लागि काम गर्नु पर्छ भन्ने मान्यता राख्दछन् । भौतिक वादीहरुकोअनुसार ‘कानून, राज्य, प्रशासन, जेल र सजाय आदि कुरा शासक वर्गले शासित वर्गलाई’ शोषण गर्ने औजार ९क्ष्लकतचगmभलत या भहउयिष्तबतष्यल० मात्र भएकाले परम्परागत नियम कानून, परम्परा, संस्कृति मूल्य मान्यतालाई भत्काएर त्यसको ठाउँमा नयाँ जनमुखी नियम, कानून, परम्परा र संस्कृतिलाई स्थापित गर्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता देखिए पनि त्यसको व्यवहारिक कार्यान्वयन खासै भएको पाइँदैन । त्यसले आदर्शवादीहरुले प्रचलित नियम कानून र परम्परालाई हुबहु अंगिकार गर्ने कुरामा जोड दिन्छन् भने भौतिकवादीहरुले पुरातन अवैज्ञानिक मूल्यमान्यता र नियम कानूनलाई तोड्ने कुरालाई आप्mनो अभिष्ट ठान्दछन ।
आदर्शवादीहरुको अनुसार कुनै पनि व्यक्ति आप्mनो धर्म परम्परामा रहने, विवाह गर्ने, सन्तान उत्पादन गर्ने, जागिर गर्ने, उमेर अनुसार ब्रह्मचर्य, गृहस्थ र वान प्रश्रम आश्रम जाने परम्परा कायम गर्ने, धर्मकर्म गर्ने, आदि कुरालाई नै सफल व्यक्तिको मानक मान्दछन् । त्यस्तै संसारको व्याख्या गर्नुभन्दा त्यसलाई बदल्नु मुख्य कुरा हो’ भन्ने माक्र्सको भनाइलाई आदर्श मान्ने भौतिकवादीहरु भने धर्म परम्परामा रहने, विवाह, जागिर, सन्तानोत्पादन गने, ब्रह्मचर्य, गृहस्थ र वान प्रस्थ जीवन व्यतित गर्ने, जन्म, मृत्यु, चुडाकर्म आदि संस्कार गर्ने आदिलाई गौण मान्ने र समाजको सकारात्मक परिवर्तनको दिशामा र बदिलिँदो विज्ञान प्रविधिको विकास अनुरुप अगाडि बढ्ने कुरालाई प्रधान ठान्दछन् ।
नेपालको सन्दर्भमा व्यवहारिक रुपमा विश्लेषण गर्दा आदर्शवादी राख्ने व्यक्तिहरु पूर्वीय दर्शन अनुसार हिन्दू धर्म ग्रन्थ अनुसार आप्mनो दिन चर्या र जीवन शैली अगाडि बढाउनु पर्छ भन्ने मान्यता राखे पनि व्यावहारिक रुपमा पूर्वीय दर्शन, हिन्दू र बौद्ध धर्मशास्त्रको पालना गर्ने र तद्नुरुप खानपान रहनसहन र दिनचर्यामा रहने व्यक्तिहरु सीमित मात्र देखिन्छन् । कसैले त धार्मिक आवरणमा अपराध कर्महरु समेत गरेको पाइन्छ भने आप्mनो संस्कार अनुसार आचरण गर्ने आदर्शवादीहरु कमै मात्र देखिन्छन् । त्यसरी आपूmलाई सच्चा आदर्शवादी ठान्ने र भन्नेहरुलाई सांसारिक सुख वा भौतिक वादले गाँजिसकेको देखिन्छ । त्यस्तै आपूmलाई भौतिकवादी र अझ त्यसमा पनि द्वन्द्वात्मक भौतिकवादलाई आदर्श मान्नेहरुको पनि व्यवहारिक रुपमा परम्परार्ला नछाप्ने, आदर्शवादी पूजा पाठमा रमाउने विवाह, सन्तानोत्पादन, जागिर, पेशा, व्यवसायलाई मात्र मात्र प्राथमिकता दिने, व्यक्तिगत सुख सुविधाप्रति लालायित हुने र अवैज्ञानिक पूजापाठ र धर्म भाग्यमा समेत विश्वास गर्ने विरोधाभाषपूर्ण आचरण, चरित्र र व्यवहारहरु देखिने गरेका छ् । त्यस्तै भौतिकवादीहरुमा सैद्धान्तिक रुपमा भौतिकवादी आदर्श, नैतिकता र फलामे अनुशासन र आचरणका कुरा गरेर नथाक्ने तर व्यवहारमा अनैतिक, भ्रष्ट र न्यूनतम मानविय मूल्य मान्यतालाई पनि तिलान्जली दिने जस्ता गैर भौतिकवादी हर्कतहरुलाई नै प्रश्रय दिइएको देखिन्छ । त्यसरी आदर्शवाद र भौतिकवादका सफल र असफल व्यक्ति बारे आ–आप्mनै दृष्टिकोण रहेको लेखिएता पनि जुनसुकै वर्ग, पेशा, व्यवसायसँग संलग्न भएता पनि न्यूनतम मानविय मूल्य मान्यताबाट विचलित रहेको व्यक्तिलाई भने आदर्शवादी वा भौतिकवादी कुनै पनि कोणबाट सफल व्यक्ति मान्न सकिँदैन ।
निष्कर्ष
कुनै पनि व्यक्ति सफल वा असफल भन्ने कुरा उक्त व्यक्तिले कुन क्षेत्रमा काम गर्दछ, उसको पृष्ठभूमि, निर्देशक विश्व दृष्टिकोण, देशकाल परिस्थिति आदिमा निर्भर गर्दछ र त्यो युग वा समय सापेक्ष हुन्छ । नेपाली समाजमा आदर्शवादी दर्शनको प्रभाव कायम रहेकाले प्रचलित संस्कार परम्परा अनुसार रहने, जागिर गर्ने, शास्त्र अनुसार ब्रह्मचार्य, गृहस्थ र वानप्रस्थ जीवन जीउने, असल वा खराब जुन कर्म गरे पनि मनग्य धन कमाउने, पेशा व्यवसाय गर्ने, तिन पुस्तालाई पुग्ने गरी अवैध तवरबाट भए पनि, घर घडेरी जोड्ने अरुको हित विरुद्ध गएर पनि आप्mनो स्वार्थ सिद्धि गर्ने, अरुलाई उपयोग गरेर भए पनि आपूm माथि पुग्ने, न्यूनतम अनुशासन र नैतिकता इमान्दारितालाई तिलाञ्जली दिएर भए पनि आप्mनो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति आदर्शवादी र भौतिकवादी दुवै दर्शनलाई मार्ग निर्देशक सिद्धान्त मान्ने व्यक्तिहरुले सफल व्यक्तिको भाष्यको रुपमा अथ्र्याय पनि अन्तिम निष्कर्षमा भन्नुपर्दा प्रचलित सामाजिक परम्परा मूल्यमान्यता र संस्कृतिका सकारात्मक पक्षलाई अंगिकार गर्ने नकारात्मक पक्षलाई विरोध र इन्कार गर्ने, नित्य नयाँ नयाँ ज्ञान, अध्ययन, अनुसन्धानलाई जोड, दिने चाकडी, चाप्लुसी नातावाद, कृपावाद र राजनीतिकरणलाई नभई आपूmमा अन्तरनिहित क्षमता र खुवीमा उभिन प्रयत्न गर्ने, भौतिकवादका पनि सही पक्षलाई मात्र अंगाल्ने, गलत पक्षलाई त्याग्ने, आदर्शवादका पनि मानिसका आचरण, अनुशासन र नैतिकतालाई निर्देशित गर्ने असल कुरालाई अंगिकार गर्ने, कुनै पद, प्रतिष्ठा, प्रत्यक्ष लोभलालच र अन्य अनुचित दबाब र प्रभावमा नपरी आप्mनै मेहनत र संघर्षबाट एउटा सचेत प्राणी मानिसको रुपमा आपूm आप्mनो परिवार, समाज, राष्ट्र र विश्वलाई नै सिर्जनात्मक र रचनात्मक तरिकाले आप्mनो क्षेत्रबाट योगदान गर्ने र मार्ग निर्देशन गर्ने व्यक्तिलाई नै सफल व्यक्ति मान्न सकिन्छ र त्यस्तो व्यक्तित्व निर्माणको दिशामा हामी मुखरित हुनु जरुरी देखिन्छ ।
(नेपालको सामाजिक र राजनीतिक आन्दोलनमा करिब एक/एक दशक अवधि संलग्न लेखक बुढाथोकी अधिवक्ता हुनुहुन्छ)