बजार मूल्य घट्यो अलैंँचीको
कोहलपुर
२०७६,पुस २३
कोहलपुर
२०७६,पुस २३
पर्वतमा अलैंचीको मूल्यमा लगातार गिरावट आएपछि किसानहरु चिन्तित बनेका छन् ।
कुनै बेला प्रतिमन १ लाख २५ हजार पर्ने अलैँची अहिले जम्मा २५ हजारमा झरेको छ । अलैंचीको मूल्यमा गिरावट आएसँगै अलैँची किसान निराश देखिएका छन् । मुल्यमा गिरावट आएपछि किसानहरुले अलैँची गोदाममा थन्काएर राखेका छन् ।
चालिस केजीको एक मन हुनेगर्छ । ३ वर्ष अघिसम्म एक मनको १ लाख २५ हजार रुपैयाँ पथ्र्यो । तर अहिले एक मन बेच्दा २४ हजार रुपैयाँ मात्रै आउँछ । किसान मात्र होईन मूल्यमा आएको गिरावटले व्यापारीलाई समेत समस्या परिरहेको छ । नेपालबाट भारत जाने अलैंचीमा नक्कली अलैंची मिसावट गरि तेस्रो देश पु¥याईएको हुनसक्ने भएकाले मूल्यमा गिरावट आएको कतिपयको बुझाइ छ ।