नेपाल नागरिक उद्यम सहकारीको संस्थाको चौथौ साधारण सभा सम्पन्न


कोहलपुर २०७६, २८ पुस
बाँकेको कोहलपुर स्थित नेपाल नागरिक उद्यम सहकारी संस्था लि.को चौथो वार्षिक सधारण सभा [pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2020/01/IMG_0021.pdf”] सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अथिती प्रदेश नं ५ की सांसद तथा नेकपा पार्टी सचेतक समेत रहेकी पार्वती पुन उषा , विशेष अथितीमा राष्ट्रिय सहकारी बैक कोहलपुर शाखाका सहायक प्रबन्धक प्रकाश कार्की लगाएत अथितीहरु रहेेेका थिए ।



कार्यक्रमको उद्घाटन गरेकी प्रमुख अथिती संसद पुनले उद्दघाट्न शत्रमा बोल्दै नेपाल नागरिक उधम सहकारीले ब्याबसाहिक सहकारीताको पुर्ण अभ्यास गरेको प्रती खुसी प्रकट गर्दै आफ्नो तर्फबाट हुने कुनै पनि कार्यमा सहयोग रहने प्रतिबद्धता जहेर गरेकी थिइन् । उसोत कतिपय सहकारीहरु समस्या ग्रस्त भएको बताउदै जनताको मेहनेत र परिश्रमबाट उपलब्ध शेयर रकम र सदस्यहरुको एक रुपैया बचत पनि डुबाउन सहकारीलाई छुट नहुने बताईन ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष ललित पहाडीले संस्थाले गरेका विभिन्न क्रियाकलाप तथा आगामी वर्षमा संचालन गरिने कार्यक्रमको जानकारी गराउदै संस्थाको १ करोड ७ लाख ९ हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचताकर्ता चन्दा थापा, सरोज कटुवाल,जेष्ठनागरिक डिल बहादुर खड्का आशा शाही , मधु भण्डारी, लाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट ऋणी तर्फ चन्दा थापा, बालाराम जैशी चन्दा कुमारी थापा मगरनी लाई सम्मान गरिएको छ । त्यस्तै अनुशासित कर्मचारी मध्ये महालक्ष्मी चौधरी , भिमा थापा र यसोदा विकलाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमा संस्थाकी व्यवस्थापक डिलमाया डांगीले स्वागत मन्तव्य राखेकी थिईन । सभामा स्वजन बहुुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्पराज हमाल , पत्रकार लगात सहकारीका शेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो।