वडा अध्यक्ष कृष्णबहादुर खड्ककाको नि’धन


बाँके : कोहलपुर नगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष कृष्णबहादुर खड्ककाको सुर्खेतको मेहलकुना जाने भनी मंगलबार बिहान ७ बजे घरबाट निस्केकामा बुधबार दिउँसो बहराइचमा रहेको शंकर होटेलमा शव भेटिएको भनी खबर आएको कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता पदम धितालले जानकारी दिएका छन । शव भेटिएको खबर आएपछि कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु बहराईच प्रस्थान गरेका छन्। ६८ वर्षका वडाअध्यक्ष खड्काले आफू सुर्खेत जान लागेको भनी वडा कार्यालयलाई पनि जानकारी दिएको बुझीएको छ। खड्कालाई मंगलबार बेलुका र बुधबार बिहानैदेखि फोन सम्पर्क गर्दा मोबाईल अफ रहेको वडा नम्बर १२ का सदस्य एवम कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य नारायणी वलीले बताईन्।
‘हिजो दिनभर मोबाइल अफ थियो, आज बिहान पनि फोन गर्दा मोबाइल अफ थियो, दिउँसो बहराइचबाट होटेलको साहुले फोन गरेर जानकारी गराएपछि घटना थाहा भयो,’ उनले भनिन्। जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता (डिएसपी) शिव सिंहले वडा अध्यक्ष खड्काको शव होटेलमा भेटिएको खबर आएपछि एक टोली त्यसतर्फ प्रस्थान गरेको बताए। ‘शव भेटिएको खबर आएको छ, तर घटनाको वास्तविकता पता लागेको छैन,’ उनले भने।


