बस दुर्घटनामा २८ घाइते तुल्सीपुर देखी नेपालगञ्ज आउदै

कोहलपुर
२०७६, माघ ३



बाँकेको राप्तीसोनारी गाँउपालिका शिवखोला नजिक बस दुर्घटना हुदा २८ जना घाइते भएका छन् । दाङ्ग तुल्सीपुर देखी नेपालगञ्ज आउदै गरेको ना ७ ख ६०४० नम्बरको बस आज दिउसो १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेहुनेहरुमा राप्तीसोनारी गाँउपालिका वडा ४ कि मुना थारु, राप्तीसोनारी ४ कि कल्पना चौधरी,प्रसिद्धि चौधरी,गणेश वली,मिना वली,गगन बहादुर बुढामगर,प्रेम केसी,खेम बहादुर रोका, मन बहादुर भण्डारी,पुर्णिमा भण्डारी,थमन भण्डारी,इमा घर्तिमगर,कली बहादुर भण्डारी,शसीराम न्यौपाने,विष्णु वि.क.,निर्मल कुमार श्रेष्ठ,टोपराज भण्डारी,सुनिल बहादुर केसी,खगेन्द्र बहादुर कार्की,गिता खड्का,श्रष्टि शर्मा,लिला केसी,अम्मर नेपाली,जगत बहादुर बुढामगर,पुर्निकला खड्का,विक्रम रोका , राम कुमारी वि.क रहेका छन् । घाइेत हुने अधिकाश यात्रुहरु राप्तीसोनारी गाँउपालिका वडा नं. २ का रहेका छन् भने घाइतेहरुलाई अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।








