पुर्ब बरघर चन्द्र चौधरी फेरी बरघर,बरघर चुन्ने प्रक्रिया जारी


कोहलपुर माग , ५ – राम्रो काम गरेको भन्दै पुर्ब बरघर चन्द्र चौधरी फेरी बरघर बनेका छन।थारुहरुको माघि बरघर चुन्ने प्रक्रिया जारी छ यो महिना भित्र सबै थारु बस्तिहरुमा बराका यानी ठुलो बरघर र छुटका यानी सानो बरघर चुन्ने प्रचलन दशकौंदेखि चल्दै आएको रितिरिवाज हो। बैजनाथ ८ फत्तेनगर गाउँमा भएको भेलाले आफ्नो भुरा नामक खेल खेलेपछी बराका बरघर चन्द चौधरी र छुटका बरघर बजरग थारु सचीव महाबिर थारु कोषाध्यक्ष देबि राम थारु चौकिदार प्रेम थारु चुनिएका छन।
यो सामुदायमा माघी लाई नयाँ बर्षको रूपमा भब्यगरि मनाउने गरिन्छ । थारु बस्ती गाउँ समाजमा बरघर बिना कुनै कामको शुरुआत गरिदैन तथापि आजकल यस्को महत्वकम हुदै गए पनि आफ्नो रिवाज जोगाउन लाई पनि बरघर चुन्नुपर्ने र गाउँमा कुनै पनि काम गर्नुपरे बरघर लाई जानकारी गराएर गर्ने गरिन्छ भने सहि सल्लाह सुझाव पनि लिने गरिन्छ।



अब बाकी रहेका गाउँमा माघ भित्र चुनिने नेकपा बैजनाथ गाउँ पालिका अध्यक्ष चन्द्र चौधरीले बताउनु भयो पुन आफ्नो गाउँको बर्घरमा गाउँका सबैले सर्बसहमत चन्द्र चौधरी लाई नै बर्घर चुनेका छन।