मकवानपुरबाट अचेत अवस्थामा उद्धार गरिएका सबै भारतीयको मृत्यु

      कोहलपुर

२०७६ ,माघ ७
मकवानपुर, होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो अहिले मकवानपुर प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। ‘दुईजना बस्नुपर्ने कोठामा आठजना बसेका र उनीहरुले अत्याधिक मदिरा सेवन गरेको खुलेको छ। १५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए। मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार मंगलबार राति १ बजेको समयमा होटलको रिसेप्सनमा बसेकालाई थर्काएर कोठामा ग्यास सिलिण्डर लगेर बालेका थिए। झ्याल थुनेर ग्याँस हिटर बालेका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।

सम्बन्धित खवर

Back to top button