एकको मृत्यु, दुई घाइते दैलेखमा ट्याक्टर दुर्घटना


कोहलपुर
२०७६,माघ१०
बिहण्क परियार(बिजय)



दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका ट्याक्टर दुघटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। शुक्रबार बिहान जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे. १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ का २० वर्षीया भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए।








