मृत्यु हुनेको संख्या ८० चीनमा कोरोना भाइरसबाट


कोहलपुर
२०७६,माघ १३



बिहण्क परियार(बिजय)
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य अधिकारीले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक छ। पाँच हजार ७९४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश उहान र हुबेई प्रान्तका छन्। नेपालमा पनि एकजनामा कोरोना भाइरस जनाएको छ।








