१ सय ६ जना को मृत्यु ,कोरोना भाइरसले

 कोहलपुर

२०७६,माघ १५

बिहण्क परियार(बिजय)

 

चीनमा देखिएको  कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुगेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाभाइरसका कारण प्रभावित हुनेको सङ्ख्या ४ हजारभन्दा बढी पुगेको छ । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस सुरू भएको वुहान सहर र त्यो सहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द गरिएको छ ।

चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र हिजोसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना पुष्टी भएको बीबीसीले जनाएको छ । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

 

 

 

 

सम्बन्धित खवर

Back to top button