चीनले नेपाली विद्यार्थीको जीवन सुरक्षित छभन्यो

 कोहलपुर

२०७६,माघ १८

बिहण्क परियार(बिजय)

 

नेपालस्थित चिनियाँ दूतावासले कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि चीन सचेत रहेको जानकारी गराएको छ। ‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरूको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ’, काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार बिहान विज्ञप्ति जारी गर्दै भनेको छ,‘उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियता साथ पहलकदमी गरिरहनेछ, ढुक्क हुनुहोस्।’ यससम्बन्धी कुनै आवश्यकता परेमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्ने दूतावासले जानकारी गराएको छ।

 

सम्बन्धित खवर

Back to top button