परालको टवोआ सँगै जलेको अवस्थामा शव फेला


कोहलपुर
२०७६,माघ २१



बिहण्क परियार(बिजय)
बिर्तामोड नगरपालिका–२, चारपानेमा आगोले जलेको अवस्थामा एकजनाको शव फेला परेको छ। स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालकोटवोआ मा आगो जलाइएको अवस्थामा शव फेला परेको हो। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। स्थानीयले मंगलबार खेतमा जलेको अवस्थमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, जलेको अवस्थामा फेला परेको शव महिला वा पुरुष कसको भन्ने खुलाउने अवस्था छैन।’








