बस्ती नै सडकका नाममा उठीबास

कोहलपुर
२०७६,माघ २२



बिहण्क परियार(बिजय)
गुल्मीमा सडक खन्दा सबै जग्गा सकिएपछि ११ घरपरिवार लालपुर्जा बिहिन भएर बस्न बाध्य भएका छन्। तर जग्गाको लालपुर्जा नहुँदा सिलादीका दलित नागरिक आफ्ना आधारभूत आवश्यकताबाट समेत बञ्चित हुनुपरेको छ।
एक घण्टाको दुरीमा रहेको खोल्साको पानीबाट गुजारा चलाएको माया विकले गुनासो गरे। सरकारको सेवा सुबिधा पाइन् छ भन्ने आसमा जिन्दगी जान लागेको उनको गुनासो छ। सोहि ठाउँका जुठे सुनारले तत्कालिन अवस्थामा गाउँका ठुलाबडाकै सल्लाहमा सिलादिमा बसेको भएपनि अहिलेसम्म लालपुर्जा नपाउँदा दुःख लागेको बताए।
वडाध्यक्ष वेद प्रसाद पन्थीले आफुहरु प्रदेश सरकारको बाटो कुरेर बसेको बताए। ‘प्रदेशले आयोग बनाएर पठाउँछ भनेर कुरेका छौँ,’ उनले भने, ‘त्यस्त्तो नभए हामी नै जग्गा खोजेर भएपनि व्यवस्थापन गछौँ।’ अझै पनि आफुहरुले जग्गा खोजेको तर उचित ठाउँ नभएकोले समस्या परेको बताए। उक्त बस्तीमा खानेपानी पुर्याउन डिपिआर भइरहेको दाबी गरे।








