अनिश्चितकालिन तालाबन्दी ‘विद्यालयमा’


कोहलपुर
२०७६,माघ २२



बिहण्क परियार(बिजय)
जलकन्या माध्यमिक विद्यालयमा, कमलामाई नगरपालिका–३ चपौलीस्थित अनिश्चित कालका लागि तालाबन्दी भएको छ ।
विद्यालय व्यवस्थापन समितिले नेपाल शिक्षक संघ समर्थित प्रधानाध्यापक कृष्णप्रसाद चौलागार्इंलाई प्रक्रिया नपु¥याई जर्बजस्ती प्रधानाध्यापक पदबाट हटाएको भन्दै नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले विद्यालयमा दिउँसो तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समितिले दुई साताअघि तत्कालिन प्रधानाध्यापक चौलागार्इंलाई हटाएर नेकपा निकट राम एकबाल पण्डितलाई नियुक्त गरेको थियो । त्यसबेलादेखि नै आन्दोलित बनेका काँग्रेसका कार्यकर्ताले समास्या समाधान नहोउञ्जेलसम्मका लागि भन्दै हिजो विद्यालयको प्रशासन कक्षमा तालाबन्दि गरेका छन् ।








