‘कोहलपुर ८’ विकास निर्माणका कामहरु तिव्रगतिमा

कोहलपुर

२०७६,माघ २२

 बिहण्क परियार(बिजय) 

कोहलपुर नगरपालिका वडा नं.८ मा विकास निर्माणका कामहरु धमाधमा संचालन भैरहेका छन् । आफ्नो लक्ष्य अनुसार स्थानीय तहले वडाको पूर्वाधार विकासमा जोड दिइरहेको छ । वडावासीको आवश्यकताका आधारमा वडामा विकास निर्माणका कार्यले गति लिन थालेको हो । वडामा विद्युत् विस्तारका कामदेखि विकासका कामले गति लिईरहेको छ ।वडाले प्रस्ताव गरेका आयोजनाहरुको निर्माण कार्यलाई तदारुपताका साथ अगाडी बढाइरहेको छ । यसका लागि वडाका जनप्रतिनिधिहरु सबैको घरदैलोमा पुग्ने गरेका छन् । वडाध्यक्ष रेशम खत्री लगायत अन्य जनप्रतिनिधि पनि विकासप्रेमी भएपछि विकास भएको वडाबासीले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button