भाइरल ज्वरोका कारण २ जना को मृत्यु ‘बाजुरामा’

कोहलपुर

२०७६,माघ २३

 बिहण्क परियार(बिजय) 

बाजुरामा भाईरल ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ । स्वामी कार्तिक खापर गाउँपालिका वडा नं. १ जोरुमा भाइरल ज्वरोका कारण ५५ वर्षका मिमा कडारा र ७० वर्षका दलबहादुर रावलको मृत्यु भएको हो । कडाराको मंगलबार साँझ र रावलको हिजो साँझ मृत्यु भएको बताईएको छ । बाजुराको स्वामी कार्तिक खापर गाँउपालिका र हिमाली गाउँपालिकामा भाईरल ज्वरोले बिरामी हुनेको संख्या पाँच सय १७ पुगेको छ । वडा नम्बर एकको जोरुमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरि रहेको छ ।सिअहेव नरेन्द्र बुढाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले वडा नं. एकका १ सय बढी बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गरिरहेको बताईएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button