एक बालिकाको मृत्यु चितुवाको आक्रमणबाट

कोहलपुर

२०७६,माघ २४

 बिहण्क परियार(बिजय) 

 

चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ।दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्न गएका थिए। बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अधिकारीले बताए। प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन्। यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजनिक भएका थिए।

सम्बन्धित खवर

Back to top button