कुटपिटबाट घाईते मल्लको उपचार हुँदै ,कोहलपुरमा

कोहलपुर

२०७६,माघ २४

 बिहण्क परियार(बिजय) 

 

जिल्ला खेलकुद विकास समिति रुकुमका उपाध्यक्ष लोकेन्द्र मल्लको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । स्थानिय युवाहरुको कुटपिटबाट घाईते भएका मल्ललाई थप उपचारका लागि कोहलपुर ल्याईएको हो ।

वागेश्वरी यातायात प्रा.लि. को गाडी उद्घाटनकालागि रुकुमको सिलिंगी पुगेका मल्ललाई स्थानिय युवाहरुले कुटपिट गरेका थिए ।गत माघ १९ गते स्थानिय युवाले मल्लमाथी आक्रमण गरेका थिए । कुटपिटिबाट मल्लको टाउको, छाती, ढाड, हात, खुटटा र अनुहारमा गहिरो चोट लागेको छ । घाईते मल्लको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफर गरीएको हो ।

 

सम्बन्धित खवर

Back to top button