जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, ३ जनाको मृत्यु ‘बागलुङमा’

कोहलपुर

२०७६,माघ २४

बिहण्क परियार(बिजय)

बागलुङको तमानखोलामा हिजो साँझ जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका १ बोंगादोभानमा जन्ती बोकेर गएको ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो । दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दीको मालिका गाउँपालिका २ का ४८ वर्षीय मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।

सम्बन्धित खवर

Back to top button