नेपालले २५० रनको लक्ष्य दियो ओमानलाई
कोहलपुर
२०७६,माघ २६
बिहण्क परियार(बिजय)
नेपालले क्रिकेट विश्वकप लिग २ को खेलमा ओमानलाई २ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २ सय ४९ रन बनाएको हो ।
कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदानमा चुनौतीपूर्ण स्कोर बनाएको हो । नेपालबाट आज कमलसिंह ऐरीले डेब्यु गरेका छन् । तीब्र बलर कमलले अविनाश बोहोराको स्थान लिएका हुन्।