सार्वजनिक व्यक्तिको रजाईँ,दिँदा पनि राजा वीरेन्द्रले मुआब्जा छाडेनन् जग्गा

कोहलपुर

२०७६,माघ २६

बिहण्क परियार(बिजय)

 जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गाहरू स्थानीयवासीको अतिक्रमणको चपेटामा परेको पाइएको छ।

हलेश्वर महादेवको नाममा रहेको हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, माल्कु, गैरीगुठ, डाँडागुठलगायतको जग्गा स्थानीयवासीले कब्जा जमाएपछि गुरुयोजना निर्माणमा अवरोध भएको नगरप्रमुख इवन राईले बताए।

विश्व प्रसिद्ध हलेसी, बराहपोखरीको, बुद्धेश्वर महादेव, रूपाकोट, मझुवागढीलगायत धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गा स्थानीयवासीले अतिक्रमण गरेको पाइएको हो।स्थानीयको अवरोधका कारण गुरुयोजना निर्माणमा अवरोध भएको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाको बराहताल (शङ्खेश्वरी महादेव)को नाममा भएको जग्गा पनि स्थानीयको अतिक्रमणमा परेको छ। स्थानीयवासीले जग्गा अतिक्रमण गरेर घरटहरा निर्माण गरेपछि धार्मिक तथा पर्यटकीयस्थल बराहतालको विकासमा स्थानीय बाधक बनेका छन्।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रूपाकोटको जग्गा पनि स्थानीयले अतिक्रमण गरेका छन्। बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने रूपाकोटको जग्गा अतिक्रमण भएको थाहा पाएपछि त्यसबारे अख्तियारमा उजुरीसमेत परेको छ। वडा नम्बर १ का लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहानसहित करिब ८० रोपनीभन्दा बढी जग्गा दर्ता गरेको खुलासा भएपछि अख्तियारमा उजुरी परेको हो।नगरपालिकाको प्राविधिक टोलीको प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल हलेसी गुल्मको नाममा पनि थुप्रै जग्गा देखिन्छ।

सम्बन्धित खवर

Back to top button