एम्बुलेन्सको प्रयोग वन्यजन्तु तस्करीमा

कोहलपुर

२०७६,माघ २७,

बिहण्क परियार(बिजय)

 

जंगली जनावरको तस्करीमा एम्बुलेन्स प्रयोग भएको पाइएको छ । बैतडीबाट दार्चुलाको गोकुलेश्वर प्रबेश गर्ने बेला इलाका प्रहरी कार्यालय गोकुलेश्वरको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एम्बुलेन्स भित्र मृत जंगली जनावर फेला परेको हो । नियमित चेकजाँच गरिरहेको र शंका लागेर एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्स भित्र जंगली जनावर फेला परेको हो । बैतडीको डिलाशैनी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मृत जंगली जनावर फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । केही महिना अघि मात्रै सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभरीका विभिन्न जिल्लालाई प्रदान गरेको एम्बुलेन्समध्ये कै एम्बुलेन्स हो । डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स हो भनि प्रमाणित भएपनि कुन स्वास्थ्य चौकीको एम्बुलेन्स हो भनि नखुलेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

Back to top button