सात जना घाइते बँदेलको आक्रमणबाट


कोहलपुर
२०७६,माघ २७,



बिहण्क परियार(बिजय)
बाजुराको गौमुल गाउँपालिकामा बँदेलको आक्रमणबाट सात जना घाईते भएका छन् । बिहान करिव ७ बजेतिर सोही ठाउँमा रहेको धर्माेदय आधारभूत विद्यालयको सरसफाई गर्ने क्रममा एकाएक जंगलबाट बँदेल आएर स्थानीयलाई घाईते बनाएको हो ।घाईते हुनेमा गौमुल गाउँपालिका–३ बेहेरीका ५० बर्षिय जगत विक, ४० बर्षिय पूर्ण विक, ५० बर्षिय डबल रोकाया रहनुभएको छ ।घाईते मध्ये जगत विकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभयो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यस्तै, धनबहादुर रोकाया, लाल बहादुर विक, प्रेम रोकाया र रमेश रोकाया घाईते हुनुभएको छ । गम्भीर घाइते विकलाई भने जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि अन्यन्त्र रिफर गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । विकको ढाडमा गम्भिर समस्या छ भने दाँयाबाँया हातको १÷१ वटा औँला समेत बँदेलले लुछेको छ ।








