खसे युवा, खोँचमा कुकुरलाई बचाउन खोज्दा, प्रहरीद्वारा उद्धार


कोहलपुर
२०७६,माघ २७,



निर्मला के.सी
कास्कीको पोखरा महानगरपालिका-९ पार्वती टोलस्थित सेती नदीको खोँचमा अड्किएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। सेतीको खोँचमा मान्छे अड्किएको देखेर स्थानीयले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोलीले सकुशल उद्धार गरेको हो।
आफूले घरमा पालेको कुकुर सेती नदीको खोँचमा खसेपछि सोही कुकुरलाई उद्धार गर्नका लागि खोँचमा पसेका म्याग्दी घर भई पोखरा महानगरपालिका ९ पार्वती टोलमा बस्दै आएका २३ वर्षीय आकाश गुरुङ खोँचमा फसेका थिए। उद्धार गरिएका युवाको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय कास्कीले जनाएको छ।