चीनमा कोरोनाबाट ९ सय नाघ्यो मृत्यु हुनेको संख्या

माघ २७, २०७६
कोहलपुर्

 

               गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस संक्रमित छन्।सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट २ हजार ६१८ जना संक्रमित भएका बताइएको छ।हुबेई प्रान्तका दुई हजार ६१८ जना संक्रमितमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन्।आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएकका छन्।गत वर्षको अन्त्यतिरबाट चीनको हुबेइ प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ।संक्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

सम्बन्धित खवर

Back to top button