निःशुल्क भिडियो एक्सरे सञ्चालनमा,अजयमेरु गाउँपालिका


कोहलपुर
२०७६,माघ २८



बिहण्क परियार(बिजय)
डडेल्धुरा जिल्लामा आफैं ग्रामिण भिडीयो एक्सरे कार्यक्रम सञ्चालन गर्ने अजयमेरु पहिलो भएको छ । अमजमेरु गाउँपालिकाको केन्द्र भद्रपुरस्थित स्वास्थ्य चौकीबाट नियमीत तथा निःशुल्क सेवा दिईरहेको अनमी, माया अवस्थीले बताउनुभयो । अहिले पालिका भरीका गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच भईरहेको छ ।
गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा पाएपछि यस क्षेत्रका महिलाहरुलाई सहज भएको छ । उनीेहरुलाई डडेल्धुरा सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ भने, समय पनि बचत भएको छ । सर्वसाधरण नागरीकले निशुल्क भिडियो एक्सरे सेवा पाएपछि स्थानीय सरकार गाउँमा आएको महशुस गरेका छन् । शिशु र बाल मुत्युदर शुन्य बनाउने गाउँपालिको निती अनुसार ग्रामीण क्षेत्रका आमा र बच्चा स्वास्थ्य अवस्थालाई ध्यानमा राखी भिडीयो एक्सरे सेवा सुरु गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।








